अब शेयर बजार कसरी खुलाउने ? यसो भन्छन् सरोकारवाला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2020 | 12:52:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको एक मात्र शेयर बजार लकडाउन सुरु भएदेखि नै बन्द छ। बजार बीचमा २ दिनको लागि संचालन गरिए पनि अहिले लकडाउन सहज भईसक्दा पनि बजार अनिश्चितकालको बन्द भएको छ । यसबाट लगानीकर्ताहरु आफ्नो सम्पति किनबेच गर्न बाट बन्चित भएका छन् । 

पछिल्लो समय बजार बन्द भएको विषयलाई लगानीकर्ता, लगानीकर्ता संघ र नियामक निकायबीच आरोप प्रत्यारोप पनि भएको छ । तर अहिले बजार खोल्नु पर्छ भन्नेमा सबै एकमत भएका भएका छन् । तर बजार खोल्नु अगाडी केहि न केहि ब्यबस्था गरिनु पर्छ भन्नेमा पनि सबै सरोकारवाला एक मत भएका छन् । 

अब बजार खोल्दा कसरी खोल्ने, के भन्छन् नियामकदेखि लगानीकर्ता

नेपाल धितोपत्र बोर्ड 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना अब शेयर बजार खुलेपछि कुनै पनि बहानामा बन्द नहुने गरी कार्य भईरहेको बताउछन् । उनी विगतमा विभिन्न स्वार्थ समुहले विभिन्न माग राख्दै बजार बन्द गरेकोले अब त्यो अवस्था नआउने बताउछन् । उनी भन्छन्  ' केहि दिन ढिलै भएपनि बजार खुलेपछि बन्द नहुने गरी खुल्छ, कसैको स्वार्थमा पनि बजार रोकिदैन, खोलिसकेपछि बजार बन्द गर्ने गरि खोल्नु हुदैन कोहि मान्छे आएर बजार खोल्दिनु पर्यो भन्ने, कोहि आएर बन्द गर्दिनु पर्यो भन्ने प्रबित्तिले बजारलाई राम्रो नगर्ने भएकोले त्यस्तो प्रवित्तिलाई अन्त्य गरेर बजारलाई सिस्टममा लैजान बोर्डले काम गरिरहेको उनले बताए   

उनले अहिलेको पहिलो प्राथमिकता शेयर बजार खुलाउनु रहेको बताए । बजार खुलेपछि दोस्रो चरणमा बजारको रिफर्म गरिने र त्यसको लागि तयारी भईरहेको उनले बताए । उनले भने ' बजारलाई ब्यबस्थित बनाउनु पर्ने छ, बजारको रिफर्म आवश्यक छ, त्यसको लागि तयारी भईरहेको छ 

बोर्डले बजार खोल्नको लागि २ वटा नीतिगत ब्यबस्था हुनु पर्ने बताउदै आएको छ  बोर्डले 'बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा प्रवाह गर्ने कर्जामा शेयरको मूल्यांकनको ६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्ने र मार्जिन कलको हकमा बैंक तथा वित्तीय संस्था स्वयंले मूल्य अनुगमन गर्ने व्यवस्था रहेकोमा शेयर धितोमा कर्जा प्रवाह गर्दा शेयरको मूल्यांकनको ७५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने र १० प्रतिशत भन्दा बढी मूल्य घटेको अवस्थामा मात्रै मार्जिन कल गर्ने व्यवस्था' गरिदिन राष्ट्र बैंकमा  आग्रह गरेको छ  त्यस्तै 'विद्युतीय माध्यमबाट लगानीकर्ता र धितोपत्र दलालबीच रकम पठाउँदा र प्राप्त गर्दा रकमान्तर हुने रकमको सीमा नरहने व्यवस्था गर्न' पनि बोर्डले राष्ट्र बैंकमा आग्रह गरेको छ। 

नेपाल स्टक एक्सचेन्ज नेप्से

नेपाल स्टक एक्सचेन्ज नेप्से भने अहिले पनि आफुहरु बजार संचालन गर्न तयार रहेको बताउदै आएको छ  प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद निर्देशन आउनासाथ बजार संचालन हुने  बताउछन् । तर अब बजार खोल्नु अगाडी लगानीकर्ताले ३ वटा काम गर्नु पर्ने उनी बताउछन् । पहिलो, कारोबार गरिसकेपछि भुक्तानी प्रयोजनको लागि क्लियरिङ बैंक, वा कनेक्ट आईपीएस वा ईसेवा वा ब्रोकरलाई अनलाईनबाट पैसा पठाउन सकिने अन्य माध्यम र ब्रोकरबाट अनलाईन बाट नै पैसा लिन सकिने ब्यबस्था गर्न उनको सुझाव छ । त्यस्तै दोस्रो, शेयर बिक्रि गरिसकेपछि ईडिआईएस मार्फत ट्रान्सफर गर्न मेरोशेयर सेवा लिन उनको सुझाव छ । त्यस्तै तेस्रोमा ब्रोकरसंग अनलाईन कारोबारको लागि युजर आईडी र पास लिन उनको सुझाव छ   यति भएमा लगानीकर्ता घर मै बसेर कारोबार गर्न सक्ने र बजार संचालनमा कुनै समस्या नहुने उनीको भनाई छ  यद्यपि युजर नेम र पासवर्ड नभए पनि ईमेल, फोन , म्यासेज बाट अर्डर दिएर पनि कारोबार गर्न सक्ने उनी बताउछन् 

स्टक ब्रोकर एसोसिएसन 

स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट आफुहरु बजार खुलाउनको निरन्तर पहल गरिरहेको बताउछन् । उनी भन्छन् 'समस्या आयो भनेर बजार नै बन्द गरेर बस्ने होइन, बजारलाई खोलेर आएका समस्याहरुलाई क्रमश समाधान गर्दै जानु पर्छ' । अहिले लकडाउनको अवधिमा बैंक इन्टिग्रेसन र डिम्याट इन्टिग्रेसनको केहि कार्य भएकोले अब सहज कारोबार हुनेको विश्वास छ उनका अनुसार पहिलेको भन्दा सिस्टममा केहि सुधार भएको छ तर त्यसले कसरी काम गर्छ भन्ने हेर्नको लागि बजार खोलेर कारोबार सुरु गर्नु पर्छ । बजार खोलेर काम गर्दै जाने र समस्या समाधान गर्दै लैजानु पर्ने उनी बताउछन् । त्यस्तै अनलाइन युजर नेम र पासवर्ड नलिएकाहरुले पनि कारोबार गर्न सक्ने उनको भनाई छ लकडाउनको बीचमा पनि कारोबार भएको र अहिले सिस्टममा समेत सुधार भईसकेकोले अब बजार बन्द गर्न नहुने उनी बताउछन्

 नेपाल इन्भेस्टर फोरम

फोरम लगायतका लगानीकर्ता संगठनमाथि विभिन्न माग राख्दै बाज बन्द गराएको आरोप पनि लाग्ने गरेका छन् । राहतको नाममा विभिन्न माग राखेर बजार खुल्न नदिएको आरोप उनीहरुमाथि लागेको हो ।  तर इभेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बजार नियामकले नै बन्द गरेको, बीचमा नियामकले नै खुलाएको र अहिले फेरी नियामकले नै बन्द गरेकोले लगानीकर्ता संगठन माथि दोष थुपार्नु दुखद भएको बताउछन् । मुटु माथि ढुंगा राखेर लगानीकर्ता कै हकहितको लागि पहल गर्दै गर्दा लगानीकर्ताबटा नै यस्ता आरोप आउनु दुखद भएको उनको भनाई छ

अहिले लगानीकर्ताले नेप्से र धितोपत्र बोर्ड आफैबाट हुन सक्ने ब्यबस्था मात्र खोजेको उनी बताउछन् । आफुहरु पनि बजार खुल्नु पर्ने पक्षमा रहेकोले के कारणले बजार बन्द गरेको, के कारण बीचमा खोलेको र अहिले फेरी किन बन्द गरेको जवाफ नियामकले दिनु पर्ने उनको माग छ बजार बन्द भएको अवधिमा  के कति सुधार भए भन्ने जवाफ पनि नियामकले दिनु पर्ने उनको भनाई छ

उनी भन्छन् ' बजार खोल्नु अगाडी नेप्से र बोर्डले आफ्नो तर्फबाट सम्भव भएसम्मका सुधारका कार्यक्रम र प्याकेज ल्याउनु पर्छ, राष्ट्र बैंक र सरकारबाट हुने कार्य हुदै गर्छन, अहिले तत्कालको लागि बोर्ड र नेप्से बाटै लगानीकर्ता प्रोत्साहन हुने केहि ब्यबस्था हुनु पर्छ'

उनको नजरमा यस्ता छन् बोर्ड र नेप्सेको समन्वयमा तत्काल हुन् सक्ने सुधारका कार्य :

१.      ब्रोकर कमिशन कम गर्ने, लगानीकर्तालाई अनलाईन कारोबार प्रोत्साहन गर्न केहि थप ब्यबस्था गर्ने

२.      एक भन्दा बढी डिम्याट खाताबाट पनि कारोबार गर्न मिल्ने ब्यबस्था हुनु पर्ने, एक डिम्याटले धेरै ब्रोकरबाट कारोबार गर्न मिल्नु पर्ने,

३.      अनलाईन कारोबार छिटो छरितो हुने ब्यबस्था गर्नु पर्ने, खातामा पैसा गएपछि शेयर आउनु पर्ने र खाताबाट शेयर गएपछि पैसा खाता मै आउनु पर्ने अर्थात् रियल टाइम सेटलमेन्टको ब्यबस्था हुनु पर्ने,

४.      लगानीकर्तालाई पनि ब्रोकरलाई जस्तै नेट सेटलमेन्टको सुविधा दिनु पर्ने,

५.      अनलाईन मार्फत र अफलाइन मार्फत कारोबार गर्नेलाई एकै ब्यबस्था हुनु पर्ने

६.      अनलाईबाट कारोबार गर्दा २५ प्रतिशत अग्रिम रकम जम्मा गर्नु पर्ने ब्यबस्थालाई पुनर्विचार गर्नु पर्ने उनका अनुसार यो ब्यबस्था अफलाईन कारोबार गर्दा पनि रहेको तर ब्यबहारिक नभएकोले कसैले पालना गर्ने गरेका थिएनन्

सर्किट ब्रेकको नियम भने नेप्से र बोर्डले नै आपसी सम्झदारीमा कायम गर्नु पर्ने उनको धारणा छ । 

स्वतन्त्र लगानीकर्ता

कुनै पनि संघ संगठनमा आवद्द नभएका लगानीकर्ताहरु पनि कुनै पनि बहानामा बजार बन्द गर्न नहुने बताउछन् उनीहरु भन्छन् 'समस्या नभएको कहिल्यै पनि थिएँन, समस्या आउदै गर्छ, त्यसलाई समाधान गर्दै जाने हो, कारोबार नै रोक्नु हुन्न' लगानीकर्ताले चाहेको बेलामा शेयर बेच्न सक्ने र चाहेको समयमा किन्न सक्ने ब्यबस्था हुनु पर्छ

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved