बजार खोल्नु अगाडी यी ६ ब्यबस्था गर्न लगानीकर्ता संघको संयुक्त आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2020 | 08:27:53 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर बजार संचालन हुनु अगाडी लगानीकर्ताहरुले तत्काल आफ्ना ६ वटा माग सम्बोधन गर्न आग्रह गरेका छन् । बिहिबार नेपाल धितोपत्र बोर्डमा भएको छलफलमा ४ वटा लगानीकर्ता संघले संयुक्त रुपमा ६ वटा माग राखेका छन् । बाँकि २ संघले भने आफ्ना छुट्टै माग पेश गरेको बताईएको छ 

यस्ता छन् संघले पेश गरेका  माग जस्ताको तस्तै : 

१. बैंक इन्टिग्रेसन गर्दा शेयर किनेको दिनमा हाम्रो बैंक एकाउन्टमा उक्त शेयर किनेको बापतको रकम होल्ड मात्र हुने अनि T plus 3 days अथवा ३ दिनपछि जुन दिन हाम्रो डिम्याट खातामा शेयर आउँछ त्यहि दिन मात्र हाम्रो बैंक खाताको रकम ब्रोकरको कहतामा जाने ब्यबस्था मिलाउनु पर्ने 

२. शेयर किन्न अग्रिम रकम भुक्तानीको ब्यबस्था हटाईनु पर्छ र  यसको सट्टा विकल्पमा कुनै शेयर अथवा अरु कै collatral को ब्यबस्था गरिनु पर्छ 

३. अनलाइन कारोबारलाई प्रोत्साहित गर्न केहि प्रतिशत कमिशन छुट दिने र अफलाइन कारोबारमा पाउने ब्यबहारिक छुट अनलाइन कारोबारमा पनि दिने ब्यबस्था गरिनु पर्ने । जस्तै 

-शेयर खरिद गर्दा ब्रोकरको तजबिजमा अग्रिम भुक्तानी लिई वा नलिई कारोबार गर्न पाउने, 

-बैंकमा धितोमा रहेको शेयर ब्रोकरको ग्यारेन्टीमा फुकुवा गर्ने, 

- एउटा डिम्याट खाताबाट आफुलाई पायक परेको जुन सुकै ब्रोकरबाट पनि कारोबार गर्ने, 

-ब्रोकरको ब्याक अफिसको टिएमएस एकाउन्ट मा आफुले आवश्यक परेको बखत अनलाईन रकम झिक्न सक्ने व्यवस्था गर्ने,

४. एउटा डिम्याट खाताबाट सबै ब्रोकर सँग लिंक गराई कारोबार गर्ने ब्यबस्था मिलाउने ।

५. रियल टाइम ग्रस् सेटलमेन्ट टि प्लस २ को हिसाबले पुँजीबजारमा चल्ने गरी काम गर्ने ।

६. ब्रोकरको लेभलमा लगानीकर्तालाई पनि नेटिङको सुविधा दिनु पर्ने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved