शेयर बजार खुल्ने तर ब्रोकरको स्क्रिन रुम नखुल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2020 | 06:16:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले असार १५ गते सोमबारबाट शेयर कारोबार सुरु हुने जनाएको छ । बोर्डले धितोपत्र बजारमा सुधारको प्रयासहरुलाई जारि राख्दै विभिन्न ब्यबस्था गरी कारोबार संचालन गर्ने जनाएको हो ।

जस अनुसार बोर्डले बजार संचालनको विभिन्न ६ बुँदे निर्देशन जारि गरेको छ  । निर्देशन अनुसार अर्को व्यवस्था नहुन्जेल स्टक ब्रोकरहरूले लगानीकर्ताहरूका लागि स्क्रिन रुम सञ्चालन गर्न पाउने छैनन्। त्यस्तै लगानीकर्ताहरुले हालसम्म गरिएका व्यवस्था बमोजिम घरैबाट कारोवार गर्न सक्ने व्यवस्था गरिएकोले ब्रोकरहरुसंग सम्पर्क गरि सकेसम्म घरैमा बसी कारोवार गर्न बोर्डले प्रोत्साहन गरेको छ । 

त्यस्तै लगानीकर्ताहरूले सेयर खाताको सेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न पनि बोर्डले प्रोत्साहान गरेको छ । बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सिडिएससि, मर्चेन्ट बैंकरले यस अघि जारी भएको कोभिड १९  सुरक्षाका उपायहरू पालना गरी कारोबार गर्नु पर्ने बोर्डले जनाएको छ। ति स्वास्थ्य सुरक्षा विधिहरू नअपनाई कार्यालय खोलेको पाइएमा ति संस्थालाई बोर्डले कारवाही हुने बोर्डले जनाएको छ।

दोस्रो बजार कारोवारमा स्थायित्व ल्याउने गरी कारोबार समय, सर्किट ब्रेक र मूल्य सीमा सम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले बजार सुुचारु गर्ने व्यवस्था भने नेप्सेले मिलाउने भएको छ । त्यस्तै बोर्डले लगानीकर्ताले ब्रोकर अफिसमा राखेको २५ प्रतिशत मार्जिन रकम ब्रोकरको स्वामित्वमा रहुन्जेल त्यसको लागत वापतको रकम लगानीकर्तालाई सम्झौता बमोजिम तिर्नुपर्ने कानुनी व्यवस्था थप गरि लगानीकर्तालाई सहज हुने व्यवस्था गरिएको जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved