'लकडाउन अवधिमा शेयर बजार सुधारको लागि भए १२ काम'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2020 | 06:33:27 PM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउन अवधिमा पनि केहि कार्य नागेको आरोप लागेको नेपाल धितोपत्र बोर्डले यस अवधिमा भएका काम फेहरिस्त सार्वजनिक गरेको छ । बोर्डले बजार खुल्न लागेको पुर्व सन्ध्यामा यस अघि भएका बजार विकास र सुधारका कार्यको विवरण सार्वजनिक गरेको हो ।

यस्तो छ बोर्डले सार्वजनिक गरेको कार्यको विवरण जस्ताको त्यस्तै  : 

-सिडिएससिले सेयर खातामा रहेको सेयर ब्रोकरले परिक्षण गरि आदेश सम्पन्न गर्न प्रक्रिया चाल्न र E DIS मार्फत् विद्युतीय माध्यमबाटै सेयर ट्रान्सफर हुने व्यवस्था गरिएको।

- नेप्सेलाई बैंक खाता र सेयर खाता समग्र कारोबार प्रणालीमा आबद्ध गरी सेयर लगानीकर्ताहरूलाई पूर्ण अनलाइन सेवा दिने व्यवस्था गरी जानकारी गराउन पत्राचार गरिएको।

- नेप्सेबाट सबै लगानीकर्ता, ब्रोकरहरूलाई एक हप्ता अगावै सूचना/विज्ञप्ति जारी गरि बैंक खाता कनेक्ट IPS, User ID, Password आदि कारोबारको लागि चाहिने कुराहरू तयार गर्न सूचित गरिएको।

- लगानीकर्ताहरूले 2077 असार मसान्तसम्म सबैले मेरो सेयर खाता खोल्न, युजर आइ डि र पासवर्ड लिन कुनै पनि शुल्क नलाग्ने हुँदा बढि भन्दा बढि लगानीकर्ताले उक्त सुविधा लिन प्रोत्साहन गरिएको।

-लकडाउन अघि धितोपत्र बिक्री गर्दा अनलाइन मार्फत कारोबार गर्ने लगानीकर्ताहरुको डिम्याट खातामा धितोपत्र रहे÷नरहेको सम्बन्धमा कारोबार प्रणाली मार्फत यकिन गर्न सक्ने व्यवस्था रहेकोमा हाल उक्त व्यवस्थालाई परिमार्जन गरी ब्रोकर मार्फत (अफलाइन) कारोबार हुँदा समेत कारोबार प्रणाली मार्फत डिम्याट खातामा धितोपत्र रहे÷नरहेको यकिन गर्न सकिने व्यवस्था गरिएको ।  

-लकडाउन अघि लगानीकर्ताले धितोपत्र बिक्री पश्चात मेरो सेयर मार्फत प्रविष्टि गरेको भारित औषत लागत (wacc) गणना राफसाफ सदस्यहरुले म्यानुअल प्रविष्टि गर्दै आइरहेकोमा हाल राफसाफ सदस्यहरुले म्यानुअल प्रविष्टि नगरी प्रणाली मार्फत एकमुष्ठ रुपमा प्रविष्टि हुन सक्ने व्यवस्था गरिएको । धितोपत्र बजारको पुँजीगत लाभकरको द्विविधा स्पष्ट गरिदिने सम्बन्धमा

-प्राकृतिक व्यक्तिहरुले तिरेको पुँजीगत लाभकर अन्तिम करको रूपमा मानिने व्यवस्था गरी आन्तरिक राजश्व विभागले परिपत्र जारी गरी सबै कर कार्यालयहरूलाई २०७७।०३।०४ मा जानकारी गराएको।

-नागरिक लगानी कोषको अगुवाईमा स्थापना हुन लागेको स्टक डिलर कम्पनीको अनुमतिको लागि बोर्डमा निवेदन प्राप्त भईसकेको छ। 

-सेयर निष्काशन गर्दा बुक बिल्डिङ्ग पद्वतिबाट पनि निष्काशन गर्न सक्ने व्यवस्था मिलाउन कार्यविधि तयार गरी सात दिनको समयभित्र सरोकारवालाहरूलाई कुनै सुझाव भए पेश गर्न अनुरोध गरिएको। 

-ब्रोकरहरूको कमिशनका सम्बन्धमा हालको बजारको अवस्था अध्ययन गरी अन्तर्राष्ट्रिय प्रचलन समेतका आधारमा आवश्यक सुझाव पेश गर्न बोर्डका उप कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन भइ अध्ययन कार्य अगाडि बढाइएको छ। 

-लगानीकर्ताले ब्रोकर अफिसमा राखेको २५ प्रतिशत मार्जिन रकम ब्रोकरको स्वामित्वमा रहुन्जेल त्यसको लागत वापतको रकम लगानीकर्तालाई सम्झौता बमोजिम तिर्नुपर्ने कानुनी व्यवस्था थप गरि लगानीकर्तालाई सहज हुने व्यवस्था गरिएको।

-सञ्चालक बोर्डको मिति २०७७।०३।०७ को बैठकले नेपाल सरकारले मिति २०७७।०३।०१ देखि लकडाउन खुकुलो बनाएको र धितोपत्रको दोस्रो बजार कारोबार बन्द भइरहेको सन्दर्भमा हाल के कति कारणले बजार सुचारु रुपमा सञ्चालन हुन नसकेको हो ? समस्या के के छन् र आगामी दिनमा बजारलाई निरन्तर रुपमा सञ्चालन गर्न गराउन तत्कालिन र दीर्घकालीन रुपमा के कस्तो व्यवस्थाहरु गर्न उपयुक्त हुन्छ ? सो सम्बन्धमा सम्बन्धित पक्षहरुलाई समेत संलग्न गराई एक अध्ययन समिति गठन गर्ने निर्णय भएकोमा सोही बमोजिम बोर्डका कार्यकारी निर्देशक, सुपरिवेक्षण तथा अनुसन्धान विभाग, संयोजक, उप कार्यकारी निर्देशक, नीति, अनुसन्धान तथा योजना महाशाखा, सदस्य, उपकार्यकारी निर्देशक, धितोपत्र बजार, सिडिएस तथा कोष सुपरीवेक्षण महाशाखा, सदस्य सचिव, प्रतिनिधि, नेपाल स्टक एक्स्चेन्ज लिमिटेड, प्रमुख, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, सदस्य र प्रतिनिधि, स्टक ब्रोकर एशोसियसन अफ नेपाल सदस्य रहने गरी गठित समितिले लगानीकर्ता संघका अध्यक्षहरुलाई समेत आमन्त्रण गरी कारोवार गर्ने सम्बन्धमा उनीहरुका कठिनाई तथा माग समेत बुझी  लकडाउनको अवधिमा बजार सुचारु गर्नका लागि आवश्यक बजार सुधार सम्बन्धी कार्यहरुको समिक्षा गरी बोर्डमा पेश गरिएको अध्ययन प्रतिवेदन मिति २०७७।०३।१४ को सञ्चालक बोर्डमा पेश भएकोमा सो सम्बन्धमा छलफल भई प्रतिवेदनमा समावेश सुझावहरु समेत यथासमयमा पूरा गर्दै जाने र धितोपत्रको दोस्रो बजार २०७७।०३।१५ देखि आवश्यक व्यवस्थाहरु गरी सुचारु गर्न बोर्ड व्यवस्थापनबाट नेप्सेलाई निर्देशन दिने निर्णय भएको छ ।


यो पनि :

शेयर बजार खुल्ने तर ब्रोकरको स्क्रिन रुम नखुल्ने

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved