शेयर बजारमा दोहोरो अंकको गिरावट, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2020 | 03:32:54 PM मा प्रकाशित

laxmi  sunrise bank
सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । लामो समयपछि सोमबारबाट खुलेको शेयर बजारमा पहिलो दिन नै गिरावट आएको हो ।

आज नेप्से सूचक १२.८७ अंकले घटेर ११८८.७० को बिन्दुमा आएर रोकिएको हो । आज कारोबारमा आएका १३० कम्पनीको ९ लाख ७० हजार ७६ कित्ता शेयर खरिद बिक्रिबाट ३४ करोड ७७ लाख ७१ हजार ८ सय ३३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये ट्रेडिङ, उत्पादन, अन्य, जीवन बीमा बाहेकका सूचक घटेका छन् । आज नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, नेपाल इन्भेस्टमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै स्वाबलंबन लघुवित्त, नेपाल पुनर्बिमा कम्पनी, आशा लघुवित्त, र इन्फीनिटी लघुवित्तको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । आज हिमालय डिस्टिलरीको सबै भन्दा धेरै ३ करोड ४३ लाख बराबरको कारोबार भएको छ ।

कारोबार सुरु भएको ४० मिनेटमा नै नेप्से परिसूचक ४.०१ प्रतिशत  अर्थात ४८.१७ अंकले घटेपछि बजारमा सर्किट लागेको थियो । त्यसपछिको कारोबारमा भने बजार बढेको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved