९ महिनापछि सीइओ नियुक्त गर्दै सिडीएससी, आवेदन दिन आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2020 | 08:21:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएअस एण्ड क्लियारिङ लिमिटेडले प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान गरेको छ । पद रिक्त भएको ९ महिनापछि कम्पनीले सीइओको पदपूर्तिको लागि सूचना निकालेको हो । कम्पनीले योग्य र इच्छुक उम्मेदवारलाई १५ दिन भित्र आवेदन दिन भनेको छ । आवेदन दिंदा उम्मेदवारले ब्यबसायिक कार्ययोजना  समेत बुझाउने पर्ने छ । 

पुर्व सीइओ  देव प्रकाश गुप्ताको कार्यकाल गत गत असोज ९ गते सकिएपछिपछि उक्त पद रिक्त थियो ।  त्यसयता कम्पनीले मङ्सिर १६ देखि लागु हुने गरी  सिडीएसकी उच्च तहकी कन्चन सापकोटालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ। सिडीएस संचालक समितिले उनलाई अर्को व्यवस्था नभएसम्मको लागि नियमित काम कारवाही गर्ने जिम्मेवारी दिएको थियो । हाल उनैले नेतृत्व सम्हाल्दै आएकी छिन् । सापकोटा सिडीएसकी सबैभन्दा उच्च तह अर्थात्  ८ औ तहमा सहायक प्रबन्धक हुन्। उनी नेटवर्क सेक्सनककी प्रमुख समेत हुन्।

पद रिक्त भएको ९ महिनापछि कम्पनीले सीइओ नियुक्त गर्न लागेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved