बिजपाटी सम्बाददाता     Jun 30, 2020 | 10:20:11 AM


सर्वोच्च अदालतमा आज मंगलबार शेयरबजार सम्बन्धि मुद्दाको पेशी तोकिएको छ  । न्यायधीशहरु तेश वहादुर केसी र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलाशमा शेयर बजार समबन्धि मुद्दाको पेशी तोकिएको हो   ।

यस अघि २ पटकसम्म पेशी तोकिएर 'हेर्न नभ्याइने' भन्दै स्थगित भएको यस मुद्दाको पेशी आज पुन: तोकिएको हो   । आज यस मुद्दाको पेशी चौथो क्रमसंख्यामा रहेको छ  । अत: आज भने यस मुद्दाको सुनुवाईको लागि पालो आउने देखिन्छ   ।

अधिवक्ताद्वय रपिश पोखरेल र हरिप्रसाद दाहालले लकडाउन सुरु भएपछि बन्द भएको सेयर कारोबार खुला हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । अदालतले उक्त रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै शेयर बजार नखोल्नुबारे कारण देखाउ आदेश जारि गरिसकेको छ  । निवेदकले माग अरे अनुसार  अन्तरिम आदेश दिने कि नदिने भन्ने बारे आज छलफल हुने भएको हो ।

शेयर बजार खुलिसके पनि मुद्दा अदालती प्रक्रियामा गईसकेपछि यसको सुनुवाई गर्नु पर्ने हुन्छ  ।  अदालतले यसबारे सरकारसँग लिखित जवाफ समेत माग गरेकोले सरकारले लिखित जवाफ समेत दिनु पर्ने हुन्छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका