शेयर बजारमा उछाल, १३ मिनेट मै सर्किट ब्रेक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2020 | 11:22:44 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार शेयर कारोबार सुरु भएको १३ मिनेट मै सकारात्मक सर्किट लागेको छ । आज बजार ११ बजेर १३ मिनेट ३.९८ प्रतिशत अर्थात ५०.१८ अंकले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । यस सँगै शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको छ ।

हालसम्म ९६ कम्पनीका ६ लाख २० हजार ३ सय ४७ कित्ता शेयर खरिद बिक्रिबाट १४ करोड ३९ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका २ वटा कम्पनीको बाहेक सबै कम्पनीको मूल्य बढेको छ ।

साथै होटेल बाहेकका सबै समूहगत सूचक घटेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved