आज पनि शेयर बजारमा तेस्रो सर्किट, समय अगावै कारोबार बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2020 | 12:37:13 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार पनि शेयरबजारमा उछाल आएपछि समय अगावै आजको लागि कारोबार बन्द भएको छ । १२ बजेर २४ मिनेटमा  बजार ६ प्रतिशत अर्थात ७५.७५  अंकले बढेपछि आजको लागि कारोबार बन्द भएको हो ।

मंगलबार पनि शेयर बजार परिसूचक नेप्सेमा ३ पटक सकारात्मक सर्किट लागेर बन्द भएकोमा आज पनि तेस्रो सर्किट लागेर बजार बन्द भएको हो । आज १४ मिनेटमा बजार ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको थियो । त्यस पछि ११ : ३५ मा बजार ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेको थियो । १२ बजेर २४ मिनेटमा बजार ६ प्रतिशतले बढेपछि आजको लागि कारोबार नै बन्द भएको हो ।

आज कारोबारमा आएका १३५ कम्पनीका ११ लाख १ हजार २  कित्ता शेयर खरिद बिक्रिबाट ४० करोड ७३ लाख बराबरको कारोबार भएको छ ।  कारोबारमा आएका मध्ये होटेल बाहेक सबै समुहगत सूचक बढेका छन् । 

आज कारोबारमा आएका ६ कम्पनी बाहेक सबैको शेयर मूल्य बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved