लकडाउनपछि फेरिएको शेयर कारोबार, लगानीकर्ताले पाएका यी सुविधा बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2020 | 07:05:44 PM मा प्रकाशित

laxmi  sunrise bank

देशको एक मात्र स्टक एक्चेन्ज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा गत सोमबारबाट कारोबार सुरु भएको छ । कारोबार सुरु भएको पहिलो दिन बजारमा नकारात्मक सर्किट लागेपनि  त्यसपछिका दुई दिन भने बजार सकारात्मक सर्किट लागेर बन्द भयो 

लकडाउनपछि खुलेको बजारमा लगानीकर्ताहरुले केहि फरक महशुस गरेका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डले लकडाउनको समयमा बजार सुधारको लागि गरेका विभिन्न ब्यबस्थाले लगानीकर्ताले केहि  फरक महशुस गरेका हुन् । बोर्डले बजार सुधारको लागि भएको दाबी गरेपनि केहि ब्यबस्थाले भने आफुहरुलाई असहज भएको लगानीकर्ताले गुनासो गर्न थालेका छन् 

के के भए परिवर्तन ? 

१. खातामा नभएको शेयर बिक्रि गर्न बन्द 

 लामो समयदेखि उठ्दै आएको डिम्याट इन्टीग्रेसनको विषय अहिले कार्यन्वयनमा आएको छ । यस सँगै अब कारोबार गर्नु अगाडी लगानीकर्ताको डिम्याट खातामा शेयर छ कि छैन भन्ने रियल टाइम मै चेक हुन थालेको छ । पहिले अनलाइन मार्फत कारोबार गर्ने कारोबारीको मात्र कारोबार गर्नु अगाडी खाता चेक हुने थियो । अब भने अफलाइन कारोबार गर्दा पनि डिम्याट खातामा शेयर छ कि छैन चेक हुन थालेको छ । अर्थात अब खातामा नभएको शेयर बिक्रि गर्न अर्डर दिने त्यसबाट चलखेल हुने सम्भावना अन्त्य भएको छ 

२. प्लेजमा रहेको शेयर बिक्रि बन्द 

डिम्याट इन्टीग्रेसन भएसँगै प्लेजमा रहेको शेयर बेच्न नमिल्ने भएको छ ।  प्लेजमा रहेको शेयर लगानीकर्ताको नाममा नभई बैंकको नाममा हुने र डिम्याट इन्टीग्रेसनले आफ्नो खातामा आफ्नो नाममा रहेको शेयर मात्र बेच्न मिल्ने गरेकोले प्लेजमा रहेको शेयर बिक्रि बन्द भएको हो । लगानीकर्ताले आफ्नो शेयर प्लेजबाट नहटाएसम्म ति शेयर बेच्न मिल्ने छैन । यस अघि भने त्यस्ता शेयर बिक्रिको गर्न मिल्ने भएकोमा अब भने अर्डर नै दिन मिल्दैन 

३. सर्ट सेल बन्द 

डिम्याट इन्टीग्रेसन भएसँगै सर्ट सेल समेत बन्द भएको छ । लगानीकर्ताले यस अघि आफ्नो खातामा नभएको शेयर बिक्रि गर्ने गरेका थिए । र पछि सोहि शेयर किनेर ट्रान्सफर गर्ने गरेका थिए   । यसलाई सर्ट सेल भनिन्थ्यो । अब लगानीकर्ताले खातामा शेयर नभए बिक्रि नै गर्न नमिल्ने भएकोले सर्ट सेल बन्द भएको हो 

४. एक डिम्याट, एक ब्रोकर लागु 

यस अघि लगानीकर्ताले एउटा डिम्याट खाताबाट धेरै ब्रोकरसंग खाता खोलेर कारोबार गर्ने गरेका थिए । अब भने एउटा डिम्याट खाताबाट एउटा ब्रोकरसंग मात्र कारोबार गर्न मिल्ने भएको छ । यदि कुनै लगानीकर्ताले एउटा डिम्याटबाट २ वा सो भन्दा बढी ब्रोकरबाट कारोबार गर्ने गरेको भए अब एउटामात्र ब्रोकर चयन गर्नु पर्ने भएको छ । अब ब्रोकरले आफ्नो सिस्टममा आफ्ना ग्राहकको इन्ट्री गर्छ ।  यदि २ वटा ब्रोकरसंग लगानीकर्ताको डिम्याट भए जुन ब्रोकरले पहिले ग्राहक इन्ट्री गर्यो त्यहि ब्रोकरकोमा मात्र लगानीकर्ता कारोबार गर्न योग्य हुन्छ । य्द्यी लगानीकर्ताले चाहेको ब्रोकर त्यो होइन भने अर्को ब्रोकरलाई छनौट गर्न सकिन्छ । तर यसको लागि जसले पहिले इन्ट्री गरेको छ उसले आफ्नो ब्रोकरलाई आफ्नो इन्ट्री हटाईदिन आग्रह गर्नु पर्छ । ब्रोकरले इन्ट्री हटाईदिएपछि मात्र लगानीकर्ताले कारोबार गर्नको लागि आफुले चाहेको अर्को ब्रोकर छनौट गर्न सक्छ 

यसले भने आफुहरुलाई असहज भएको गुनासो लगानीकर्ताले गर्दै आएका छन् । उनीहरुले पहिले जस्तै एकै पटक धेरै ब्रोकरबाट कारोबार गर्न पाउनु पर्ने माग गर्दै आएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved