डिपी ब्याक अफिस सेवा सुरु, घरबाटै डिम्याटका सम्पूर्ण काम हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2020 | 10:21:19 AM मा प्रकाशित

laxmi  sunrise bank

क्यापिटल मार्केट टेक्नोलोजीले डिम्याट सेवा प्रदान गर्ने डिपीहरुको लागि सहज सिस्टम निर्माण गरेको छ । कम्पनीले डिपीहरुको लागि 'डिपी ब्याक अफिस' नामको सिस्टम तयार पारेको हो 

यस सिस्टममा  लगानीकर्ताले  घरमैै बसीबसी अकाउन्ट खोल्ने, नवीकरण गर्ने, वीकरणको शुल्क पनि अनलाइन मार्फत तिर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ।  लकडाउनपछि तयार पारिएको यो सिस्टम हालसम्म २० वटा डिपीले  प्रयोग गरिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सफ्टवेयरबाट ग्राहकहरुले कस्टुमाइज  रिर्पोटहरु तयार गर्न मिल्ने छ भने आयव्यय विवरणको रिर्पोटहरु जेनरेट गर्न मिल्छ। त्यस्तै लगानीकर्तालाई सिस्टमले नै खाता निष्क्रिय भएको , सक्रिय भएको र नवीकरण लगायतको जानकारी सहित एसएमएस अलर्ट पठाउछ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved