शेयर कारोबार असहज भएको गुनासो बढेपछि नेप्सेले दियो १० बुँदे प्रष्टीकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2020 | 09:48:07 AM मा प्रकाशित

laxmi  sunrise bank

शेयर कारोबार गर्दा समस्या भएको गुनासो बढेपछि नेपाल स्टक एक्सचेन्ज नेप्सेले १० बुँदे प्रष्टीकरण जारि गरेको छ । नेप्सेले लकडाउनपछि बजार खोल्दा कायम गरिएका ब्यबस्थाहरुबारे जानकारी दिदै प्रष्टीकरण जारि गरेको हो ।

जस अनुसार खरिद वा बिक्रि आदेश दिने क्रममा कुनै समस्या आएमा ब्रोकरलाई नै समस्या बारे जानकारी गराउन नेप्सेले आग्रह गरेको छ । ब्रोकरबाट समस्या समाधान हुने नहुने यकिन गरेर मात्र नेप्से सपोर्टमा सम्पर्क गर्न नेप्सेले आग्रह गरेको हो ।

त्यस्तै हाल कारोबारको लागि एक मात्र ब्रोकर चयन गर्नु पर्ने भएकोले आफुले जुन ब्रोकरसंग कारोबार गर्न चाहेको हो , त्यसबारे खुलाएर नेप्सेलाई इमेल गर्न भनिएको छ । आफुले कारोबार नगर्ने ब्रोकरसँगको ट्रेडिङ खाता निष्क्रिय पारी नयाँमा कारोबार गर्ने ब्यबस्था मिलाउन नेप्सेलाई इमेल गर्न आग्रह गरिएको हो ।

त्यस्तै नेप्सेले लगानीकर्तालाई अनलाईन कारोबारको नियम र प्रक्रिया सिकाउने जिम्मेवारी ब्रोकरको पनि भएकोले त्यसबारे जानकारी गराउन ब्रोकरहरुलाई निर्देशन दिएको छ । साथै नेप्सेको वेबसाइटमा रहेका सामग्रीबाट पनि कारोबार गर्न सिक्न सकिने नेप्सेले जनाएको छ ।

त्यस्तै हाल शेयर बिक्रि अगाडी डिम्याट खाता चेक हुने भएकोले आफु कारोबार योग्य भए नभएको यकिन गरेर मात्र अर्डर राख्न नेप्सेले आग्रह गरेको छ । 

हेर्नुस् सूचना : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved