ब्रोकरको पुँजी ५ गुणा बढाई मार्केट डिलरको अनुमति दिन सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2020 | 03:52:39 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि सभाको अर्थ समिति अन्तर्गतको उपसमितिले ब्रोकरको चुक्ता पुँजी बढाउन सुझाव दिएको छ । रामकुमार झाँक्रीको नेतृत्वमा  पूँजीबजार तथा मुद्राबजार बारे अध्ययन गर्ने  बनेको उपसमितिले पुँजी बढाउँन सुझाव दिदै आज समिति समक्ष प्रतिवेदन पेश गरेको हो  । 

समितिले आफ्नो प्रतिवेदनमा ब्रोकरको हाल कायम २ करोड चुक्ता पुँजीलाई २०७९ असार मसान्तसम्म १० करोड पुर्याउन सुझाव दिएको हो ।  त्यस्तै ब्रोकर कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्न कम्पनीले सुझाव दिएको छ । 

त्यस्तै ब्रोकर कम्पनीहरु एक आपसमा मर्ज हुन चाहेमा कर सहुलियत दिन समेत समितिले सुझाव दिएको छ । त्यस्तै उपसमितिले टिएमएसको मोड्युल ब्रोकरलाई नै चलाउन दिन र ब्रोकरलाई रिटेल मार्केट डिलरको अनुमति दिन समेत सुझाव दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved