किन चल्दैन नेप्सेको वेबसाइट ? दाबी एउटा, यथार्थ अर्कै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2020 | 06:32:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार दिनभर जसो नेपाल स्टक एक्सचेन्ज नेप्सेको वेबसाइटमा समस्या आयो । कारोबार जारि रहेपनि लगानीकर्ताले कारोबारको लाइभ डाटा पाउँन सकेनन् । मंगलबार बिहान १०:३० बजेसम्म पनि वेबसाइट पूर्ण रुपमा खुलिसकेको थिएँन । 

यसरी वेबसाइटमा समस्या आएको यो पहिलो पटक भने होइन । वेबसाइटमा समस्या आउँदा नेप्सेले विभिन्न कारण देखाउने गरेको भएपनि वेबसाइट नै धेरै लोड नधान्ने भएको पाईएको छ । 

सोमबार दिनभर जसो वेबसाइटमा समस्या आउनुमा नेप्सेले मुख्यत २ वटा कारण दियो । पहिलो, कृषि विकास बैंक अगाडी रहेको वेबसर्फ़र कम्पनीको अप्टिकल फाइबरमा आगलागी हुँदा सेवा बन्द भएर समस्या आएको। तर नेप्से आफैले बैकल्पिक ब्यबस्थाको लागि वल्डलिंकको इन्टरनेट प्रयोग गरेको र वेबसर्फ़रको तर्फबाट सो समस्या समाधान भैसकेकोले नेप्सेको तर्कमा धेरै दम थिएँन 

त्यस्तै दोस्रो कारणको रुपमा नेप्सेले संचार मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र डिआईडिसीमा पावर डाउन भएर आफ्नो वेबसाइटमा समस्या भएको दाबी गर्यो ।  तर केन्द्रका सहायक निर्देशक रमेश प्रसाद पोखरेलले राति १ बजे पावर डाउन भएको र त्यो बिहानै समाधान भएको जनाए । त्यस्तै उनले नेप्सेको आफ्नै सर्भर रहेको र डिआईडिसीमा सर्भरमा समस्या आउँदा नेप्सेमा समस्या नआउने जनाए।  यस सँगै नेप्सेको वेबसाइटमा समस्या आउनु बाहिरी कारण नभई आफ्नै कारण भएको देखिन्छ 

नेप्सेकै उच्च तहका कर्मचारीहरु वेबसाइटमा धेरै लोड हुँदा वेबसाइट राम्रो संग चल्न नसकेको स्वीकार गरेका छन् । उनीहरुका अनुसार लामो समयपछि खुलेको बजारमा लगानीकर्ताको धेरै चासो छ । त्यसमाथि बजार बढ्न थालेपछि नेप्सेको वेबसाइट भिजिट गर्ने लगानीकर्ताको संख्या उच्च छ । साथै अहिले ब्रोकर हाउसको डिस्प्ले स्क्रिन अफ रहेको र सबै लगानीकर्ता नेप्से कै वेबसाइट हेर्न आउने भएकोले वेबसाइटलाई लोड थेग्न गाह्रो छ । 

नेप्से स्रोतका अनुसार हाल वेबसाइटले एक समयमा २० हजार भिजिटर मात्र सहज रुपमा थेग्न सक्छ । त्यसपछि भने अप्टिमाइजेसन गरेर मात्र वेबसाइट सुचारु गर्नु पर्ने बाध्यता छ । धेरै लगानीकर्ताले अहिले बजार बढेको समयमा एक पटक वेबसाइट खोलेपछि त्यसलाई बन्द नगरी खुलै राख्ने गरेका छन् । यसले पनि ट्राफिक बढेर वेबसाइटमा लोड पर्ने गरेको छ ।

नेप्सेले २० हजारसम्म भिजिटर थेग्ने बताएपनि जानकारहरु भने २० हजार पनि ठुलो संख्या रहेकोले नेप्सेको सर्भरले त्यति धेरै भिजिटर धान्न नै नसक्ने दाबी गर्छन । 

नेप्सेले http://www.nepalstock.com/ वेबसाइट समस्या आएमा http://www.nepalstock.com.np/ हेर्न आग्रह गरेको छ । तर समस्या आउँदा दुवैमा समस्या आउने गरेको देखिन्छ । दुवै वेबसाइटमा समस्या आउँदा नेप्सेले हाल बेटा भर्जनमा रहेको नयाँ वेबसाइट https://newweb.nepalstock.com.np/ हेर्न आग्रह गरेको छ। तर यो वेबसाइटमा देखिने डाटा सहि नहुन सक्ने नेप्से आफैले स्वीकार गरेको छ । त्यसमाथि यो वेबसाइटमा नेप्सेले प्रदान गर्ने कम्पनीका सूचना र नेप्सेको आफनै सूचना समेत देखिदैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved