एनआईसी एसिया लघुवित्तको शेयर सुचिकृत, कतिमा हुन्छ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2020 | 01:35:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनआईसी एसिया लघुवित्तको शेयर सुचिकृत भएको छ । कम्पनीको १ करोड ४८ लाख कित्ता शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसँगै लगानीकर्ताले बिहिबारबाट शेयर कारोबार गर्न सक्ने छन् । कम्पनीको शेयर NICLBSL सिम्बलबाट कारोबार हुने छ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ११०.४३ देखि ३३१.२९ सम्मको रेन्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । यो रेन्ज भित्र रहेको कुनै पनि मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्ने छ  । 

कम्पनीले असार १० गतेदेखि ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved