स्टक डिलर शेयरबजार प्रवेश गर्न अझै समय लाग्ने, एमडी भन्छन् 'फुत्त हाम्फाल्ने होइन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2020 | 02:24:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषको स्टक डिलर कम्पनीले कार्य सुरु गर्न अझै केहि समय लाग्ने भएको छ।  कम्पनी नयाँ आर्थिक वर्षको सुरुवातबाट नै काम सुरु गर्ने भनिए पनि अझै अनुमति प्राप्त नभएको हो ।  

हाल कम्पनीले नेपाल धितोपत्र बोर्डमा अनुमतिको लागि आवेदन दिएको छ ।  बोर्डले थप छुटपट कागजात मगाएको र ति कागजात आज बुझाउने कम्पनीका प्रबन्ध निर्देशक इन्द्र कट्टेलले बताएका हुन् ।  उनका अनुसार बोर्डले पछिल्लो समय मागेका कागजात महत्वपूर्ण कागजात नभई केहि डिस्क्लोजर समबन्धि कागजात हुन् । 

उनले बोर्डबाट अनुमति पाएपछि सिडीएसीमा राफसाफ कार्य गर्नेको लागि अनुमति माग गर्नु पर्ने बताए ।  सिडीएसले राफसाफको लागि समत अनुमति दिएपछि बल्ल कम्पनीले काम थाल्ने उनको भनाई छ ।  उनले भने ' बोर्डबाट अनुमति पाउने बित्तिकै  फुत्त शेयरबजारमा हाम्फाल्ने होइन, केहि प्रक्रिया अझै पुरा गर्न बाँकि छ' ।  उनका अनुसार सिडीडीएसबाट राफसाफको अनुमति लिनको केहि समय लाग्न सक्छ ।  यद्यपि साउन भित्र नै सबै प्रक्रिया पुरा गरेर काम थाल्ने लक्ष्य राखेको प्रबन्ध निर्देशक कट्टेलले जानकारी दिए ।  कम्पनीले २ पटक कार्यालय राख्ने स्थानको लागि सूचना निकालेकोमा बानेश्वर मै उपयुक्त स्थान फेला परेको र सम्झौता हुन बाँकि रहेको उनले बताए ।  

त्यस्तै कम्पनीले सीइओको लागि पनि सूचना आह्वान गरेको छ ।   

नागरिक लगानी कोषको सहायक कम्पनीको रुपमा रहेको यस  'नागरिक स्टक डिलर कम्पानी लिमिटेड’ मा नागरिक लगानी कोषको ५१ प्रतिशत शेयर स्मामित्व रहेको छ । त्यस्तै कम्पनीमा नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल दुरसञ्चार कम्पनी (एनटीसी)को ९ प्रतिशत शेयर रहेको छ ।  कम्पनीमा सर्वसाधारण लगानीकर्ताको ३० प्रतिशत शेयर रहने छ । 

वित्तीय क्षेत्र विकास रणनीतिमा पूँजी बजारको विकासका लागि भएका कार्यक्रम कार्यान्वयनको क्रममा कोषले स्टक डिलर कम्पनी खोलेको हो । कम्पनीले शेयर बजारमा लगानी गर्ने गर्ने र बजारलाई सन्तुलनमा राख्ने विश्वास गरिएको छ। कम्पनीले  नाफा मात्रै आर्जन गर्ने भन्दा पनि बजारलाई सन्तुलनमा राख्नको लागि बजार धेरै घट्दा शेयर उठाउने र बजार धेरै बढ्दा शेयर बेच्ने गरी काम गर्ने बताईएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved