लगानी कोषको स्टक डिलरको सीइओ बन्न ४ जनाको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2020 | 06:27:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषको स्टक डिलर कम्पनीको प्रमुख कार्यकारी अधिकृतको लागि ४ जनाको आवेदन परेको छ । सीईओमा आवेदन दिने आज अन्तिम दिनसम्ममा ४ जनाको मात्र आवेदन परेको हो । कम्पनीले खुला प्रतिस्पर्धाबाट  सीईओ नियुक्त गर्नको लागि १५ दिन अगाडी आवेदन खुला गरेको थियो ।

कम्पनीको सीइओको लागि विशाल अग्रवाल, सन्तोष नेपाल, महेश्वर लाल श्रेष्ठ र इन्द्र कट्टेलले आवेदन दिएका हुन् ।  आवेदन दिएका श्रेष्ठ नेपाल राष्ट्र बैंकबाट ७ महिना अगाडी अवकाश पाएका हुन्  भने कट्टेल हाल स्टक डिलर कम्पनी कै प्रबन्ध निर्देशक पदमा छन्  । त्यस्तै अग्रवाल आकाश क्यापिटल मार्केट्सको उच्च तहमा  कार्यरत छन्  । सन्तोष नेपालको भने पृष्टभूमि जानकारी नभएको स्रोतले जनाएको छ ।

 आवेदन दिनेले ब्यबस्थापन वा अर्थशाश्त्र वा वाणिज्य शाश्त्र वा बित्तशाश्त्रमा स्नातकोत्तर गरेको वा स्नातक तह उतिर्ण सहित सिए उपाधि हासिल गरेको हुनु पर्ने  तोकिएको थियो  । त्यस्तै बैंक वित्तीय संस्था वा सुचिकृत कम्पनीमा कम्तिमा ४ वर्ष ब्यबस्थापकिय तहमा काम गरेको हुनु पर्ने उल्लेख थियो  । 

यो पनि : 

स्टक डिलर शेयरबजार प्रवेश गर्न अझै समय लाग्ने, एमडी भन्छन् 'फुत्त हाम्फाल्ने होइन'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved