आइतबार १० लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2020 | 06:55:25 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १० लाख कित्ता बढी सुचिकृत भएको छ । आइतबार विभिन्न ४ कम्पनीका १० लाख ३३ हजार ५ सय ८१ हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

आज अरुण भ्याली हाइड्रोको ७ प्रतिशत हुन आउने ६ लाख ६३ हजार १ सय ९ कित्ता, आरम्भ लघुवित्तको ७.३८ प्रतिशतले हुन आउने ४४ हजार सय ९० कित्ता, किसान माइक्रोफाईनान्सको २३.९५ प्रतिशतले हुन आउने २ लाख ५ हजार ९ सय ९२ दशमलव ७५ कित्ता र चौतारी लघुवित्तको ७ प्रतिशतले हुन आउने १ लाख ३० हजार २ सय कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयार खरिद बिक्रि गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved