पूर्वाधार तयार पार्न स्टक डिलर कम्पनीलाई निर्देशन, प्रबन्ध निर्देशक भन्छन् 'सबै तयार छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2020 | 07:45:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषको स्टक डिलर कम्पनीलाई पूर्वाधार तयार पार्न निर्देशन दिएको छ । बोर्डले आज आइतबार पत्राचार गर्दै पूर्वाधार तयार पारेर बोर्डलाई जानकारी गराउन निर्देशन दिएको कम्पनीका प्रबन्ध निर्देशक इन्द्र कट्टेलले जानकारी दिए ।  

बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीमा उल्लेख भए बमोजिमको पूर्वाधार तयार पार्न भनेको हो । यस सँगै कम्पनीले बोर्डबाट पहिलो चरणको अनुमति पनि पाएको छ ।  

प्रबन्ध निर्देशक इन्द्र कट्टेलका अनुसार अब कम्पनीले पूर्वाधार तयार पारेर, बोर्डलाई फिल्ड भिजिट गराई बोर्डबाट स्वीकृत गराउनु पर्छ। उनले यसै साता भित्र यो कार्य गरि सक्ने जनाएका छन् ।  उनले भने ' हामीले ब्रोकर ब्याक अफिस फाइनलाइज गरिसकेका छौ, यहि साता भित्र नै बोर्डलाई देखाउछौ' ।  उनले कार्यालयको लागि नयाँ घर पनि यकिन भईसकेकोले यहि साता कार्यालय नयाँ घरमा सरि सक्ने समेत बताए ।  उनले सबै काम यहि साता भित्र गरी सक्ने तयारी भईरहेको बताए ।  

पूर्वाधार तयार गरेको जानकारी प्राप्त भएको ३० दिनभित्र बोर्डले निरीक्षण गरी अनुमति प्रदान गर्नु पर्ने कानूनी व्यवस्था छ । तर कम्पनीले भने सबै पूर्वाधार तयार भएकोले सो भन्दा अगाडी नै बोर्डबाट अनुमति प्राप्त गर्ने विश्वास लिएको छ 

बोर्डले अनुमति दिएपछि पनि कम्पनीले  सिडीएसीमा राफसाफ कार्य गर्नेको लागि अनुमति माग गर्नु पर्ने हुन्छ ।  सिडीएसले राफसाफको लागि समेत अनुमति दिएपछि बल्ल कम्पनीले काम थाल्ने उनको भनाई छ ।  उनले भने ' बोर्डबाट अनुमति पाउने बित्तिकै  फुत्त शेयरबजारमा हाम्फाल्ने होइन, केहि प्रक्रिया अझै पुरा गर्न बाँकि छ' ।  उनका अनुसार सिडीडीएसबाट राफसाफको अनुमति लिनको केहि समय लाग्न सक्छ ।  यद्यपि साउन भित्र नै सबै प्रक्रिया पुरा गरेर काम थाल्ने लक्ष्य राखेको प्रबन्ध निर्देशक कट्टेलले जानकारी दिए ।  

नागरिक लगानी कोषको सहायक कम्पनीको रुपमा रहेको यस  'नागरिक स्टक डिलर कम्पानी लिमिटेड’ मा नागरिक लगानी कोषको ५१ प्रतिशत शेयर स्मामित्व रहेको छ । त्यस्तै कम्पनीमा नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल दुरसञ्चार कम्पनी (एनटीसी)को ९ प्रतिशत शेयर रहेको छ ।  कम्पनीमा सर्वसाधारण लगानीकर्ताको ३० प्रतिशत शेयर रहने छ । 

वित्तीय क्षेत्र विकास रणनीतिमा पूँजी बजारको विकासका लागि भएका कार्यक्रम कार्यान्वयनको क्रममा कोषले स्टक डिलर कम्पनी खोलेको हो । कम्पनीले शेयर बजारमा लगानी गर्ने गर्ने र बजारलाई सन्तुलनमा राख्ने विश्वास गरिएको छ। कम्पनीले  नाफा मात्रै आर्जन गर्ने भन्दा पनि बजारलाई सन्तुलनमा राख्नको लागि बजार धेरै घट्दा शेयर उठाउने र बजार धेरै बढ्दा शेयर बेच्ने गरी काम गर्ने बताईएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved