कसको स्वार्थमा रोकियो कमोडिटी एक्सचेन्जको लाईसेन्स ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 04, 2020 | 10:27:18 AM मा प्रकाशित

laxmi  sunrise bank

कानुन बनेको ३ वर्ष पुरा भईसक्दासम्म पनि औपचारिक रुपमा कमोडिटी एक्सचेन्ज संचालन हुन सकेको छैन। नियमनको जिम्मेवारी पाएको नेपाल धितोपत्र बोर्डले पटक पटक आवेदन खुलाएपनि कमोडिटी एक्सचेन्जको लाइसेन्स दिन सकेको छैन ।

यसअघि दुई पटक आबेदन खुलाए पनि लाइसेन्स दिन नसकेको धितोपत्र बोर्डले तेस्रो पटक फेरी आवेदन खुलाउने तयारिमा जुटेको छ । पटक पटक आबेदन खुलाएर पनि कमोडिटी एक्सचेन् को लाइसेन्स दिन नसक्नुमा धितोपत्र बोर्डको नियतप्रति नै आशंका उब्जिएको छ । के कारणले पटक पटक आबेदन रद्द गरिन्छ र फेरी के कारणले आबेदन आब्हान गरिन्छ भन्नेकुराको ठोस जवाफ धितोपत्र बोर्डले दिन सकेको छैन ।

बोर्डको यस प्रकारको व्यवहारलाई दुई दृष्टिकोणले हेरिएको छ । पहिलो आशंका, जसलाई दिनुपर्ने हो उसले पाउने अवस्था नआउँदासम्म लाइसेन्स नदिने बोर्डको नियत देखिन्छ । दोस्रो आशंका, विगतमा कारोबार गरिरहेका तर बीचमा धितोपत्र बोर्डको व्यवस्थाले अबैध भएका कमोडिटी एक्सचेन्जको स्वार्थमा परि बोर्डले लाइसेन्स नदिएको हुन् सक्छ ।

यस ३ वर्षको अवधिमा कमोडिटीलाई नियमन गर्न जिम्मा पाएको धितोपत्र बोर्डले संचालनमा रहेका एक्सचेन्जलाई अवैध घोषणा गर्यो । वैध बनाउनको लागि भन्दै २ पटकसम्म लाईसेन्सको लागि निवेदन आह्वान गर्यो । तर आजको मितिसम्म बोर्डले न कानुन बमोजिम संचालन हुनको लागि लाइसेन्स दियो  न गैर कानुनी रुपमा भईरहेको कारोबार रोक्न सक्यो ।

हाल आवेदन दिएर लाइसेन्सको लागि पर्खेकालाई लाइसेन्स दिनु भन्दा बोर्डले तेस्रो पटक आवेदन खुलाउने तयारी गरेको बोर्ड स्रोतले जनाएको छ। बोर्ड स्रोतका अनुसार हाल आवेदन दिएकाको आवेदन खारेज गरेर तेस्रो पटक नयाँ आवेदन खुलाउने तयारी छ । तर बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना भने तेस्रो पटक आवेदन माग्नको लागि छलफल भए पनि निर्णय भईनसकेको बताउछन् । 

बिजपाटीसंग उनले भने 'अहिले आवेदन दिएकालाई नै लाइसेन्स दिने कि नयाँ खुलाउने भन्ने विषय छलफल मै छ, फेरी आवेदन खुलाउने बारे निर्णय भईसकेको छैन ।' संचालक समितिमा पुन: एक पटक छलफल गरेर के गर्ने भन्ने निर्णय लिइने उनले बताए । यद्यपि उनले यहि वर्ष भित्र लाईसेन्स दिइने र यहि वर्ष कमोडिटी एक्सचेन्ज संचालनमा आउने दाबी गरे ।

किन हुदैछ ढिलाई ?

धितोपत्र बोर्डले हाल संचालनमा रहेका एक्सचेन्जलाई अवैध मानेको छ, बोर्डले आफुहरुले ति एक्सचेन्जलाई नचिन्ने बताउदै आएको छ । यद्यपि उनीहरुले अहिलेपनि कारोबार गरिरहेका छन् भन्नेबारे बोर्ड जानकार भएर पनि कारवाही गरेको छैन । स्रोतका अनुसार अहिले पनि विभिन्न कमोडीटी एक्सचेन्ज निर्वाध रुपमा संचालनमा छन्। बोर्डले चिन्दैनौ भनेपछि उनीहरुलाई हाई सन्चो भएको छ । 

स्रोत भन्छ, 'उनीहरु अहिले कर्मचारी कटाएर एउटा कोठामा बसेर मस्तीले कारोबार गरिरहेका छन्, उनीहरु नै लाईसेन्स नआईदिए हुन्थ्यो भन्ने पक्षमा छन्। ' स्रोतका अनुसार लाइसेन्स आएमा निश्चित मापदण्ड अनुसार नियममा चल्नु पर्ने भएकोले उनीहरु अहिले जस्तै गरि संचालन हुन चाहन्छन् र उनीहरु नै लाईसेन्स प्रक्रियालाई जति सक्दो ढिलो गराउन लबिङ गरिरहेका छन् ।

अर्कोतर्फ...

अर्थ मन्त्रालयमा उच्च तहमा काम गरेर सेवानिवृत भएका केहि व्यक्ति र बोर्ड कै उच्च तहका कर्मचारी निकटका व्यक्तिले पनि कमोडिटी एक्सचेन्जमा लगानी गरेको स्रोतको दाबी छ। उनीहरुले लाईसेन्स पाउने वातावरण बनाउन पनि लाईसेन्स वितरण प्रक्रियामा ढिलाई भईरहेको स्रोत बताउछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved