धितोपत्र बोर्डले नेप्सेलाई सोध्यो स्पष्टीकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 07:26:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई स्पष्टीकरण सोधेको छ। बुधबारको शेयर कारोबारमा समस्या देखिएपछि बोर्डले नेप्सेलाई यस विषयमा स्पष्टीकरण सोधेको हो।

बोर्डले बुधबार नै नेप्सेलाई पत्र पठाएको हो । पत्रमा आज के कारणले के कस्ता समस्या भएको हो,  वेबसाइटमा देखिने डाटाहरु फरक पर्नुको कारण के के हो लगयतका विषय उल्लेख गरिएको छ। बोर्डले यस्ता समस्या दोहोरिन नदिन नेप्सेले के गरिरहेको छ भन्ने विषयमा पनि जवाफ माग गरेको छ ।  नेप्सेले पठाएको जवाफको आधारमा थप निर्णय लिईने बोर्डले जनाएको छ। 

नेप्सेले आज कारोबार सुरु भन्दा अगाडी नै नेटवर्कमा समस्या आएको भन्दै कारोबार नियमित समयमा सुरु हुन नसक्ने जनाएको थियो । ४५ मिनेट ढिलो गरि कारोबार सुरु भएपनि नेप्सेको वेबसाइट र टिएमएसमा फरक फरक डाटा देखिएको थियो भने लगानीकर्ताले सहज रुपमा कारोबार गर्न पाएका थिएनन् । 

यसबारे लगानीकर्ताले ब्यापक गुनासो गरेपछि बोर्डले नेप्सेलाई स्पष्टीकरण सोधेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved