नेप्से माथि छानविन गर्न शेयर लगानीकर्ता संघको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 11:55:09 AM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ता संघ नेपालले बुधबारको शेयर कारोबारको क्रममा देखिएको समस्याको छानविन गर्न माग गरेको छ । बुधबार अनलाईन प्रणालीमा देखिएको समस्या प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै संघले उक्त घटनाको निष्पक्ष छानविन गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति नहुने प्रत्याभूति गर्न नेपाल धितोपत्र बोर्ड समक्ष माग गरेको हो ।

नियमित समय भन्दा ४५ मिनट पछि कारोवार शुरू हुनु र त्यसमा पनि नेपाल स्टक एक्सचेंज (नेप्से) को वेबसाईट र टिएमएसमा फरक फरक ईण्डेक्स देखिनु हदै सम्मको लापरवाही भएको संघले जनाएको छ । पुँजिबजार जस्तो संवेदनशील क्षेत्रमा लापरवाही गर्ने व्यक्ति वा निकायलाई कहिं कतैबाट पनि संरक्षण र छुट हुनु हुँदैन भन्दै संघले सहि कार्य गर्नेलाई पुरस्कार र गलत कार्य गर्नेलाई दण्डको सर्वमान्य सिद्धान्त पालना गर्न आग्रह गरेको छ ।

संघले दैनिक कारोबार संचालन गर्ने जिम्मेवारी पाएको नेप्से बाट बारम्वार आईरहने यस्ता समस्याहरूमा जिम्मेवार हुँदै दिर्घकालीन समस्या समाधानमा संवेदनशील भएर लाग्न पनि आग्रह गरेको छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved