स्टक डिलरले यस्ता कम्पनीको शेयर मात्र कारोबार गर्न पाउने, धरौटीको २५ गुणा सिलिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2020 | 07:16:21 PM मा प्रकाशित

laxmi  sunrise bank

स्टक डिलर कम्पनीले निश्चित कम्पनीको मात्र शेयर कारोबार गर्न पाउने भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले स्वीकृत गरेको कार्यविधिले डिलरलाई सबै कमपनीको शेयर कारोबार गर्न रोक लगाएको हो ।

जस अनुसार नेप्सेले नै स्टक डिलरको लागि कारोबार गर्न योग्य कम्पनी चयन गरिदिने छ । नेप्सेले कम्पनी छनौटको लागि ४ वटा मापदण्ड तोकेको छ । ३ वर्ष देखि नाफामा रहेका, कम्तिमा १० हजार लगानीकर्ता रहेका, चुक्ता पुँजी २० करोड भन्दा बढी भएका र १ वर्षको कारोबार दिनमा कतिममा ८० दिन कारोबार भएका कम्पनी मात्र छनौटमा पर्ने छ ।

नेप्सेले छनौट गरेका कम्पनी मध्येबाट स्टक डिलरले आफुले कारोबार गर्न चाहेको कम्पनी छनौट गर्ने छ । डिलरले पेश गरेको सुचीमा हेरफेर गर्न आवश्यक देखेमा नेप्सेले हेरफेर गरेर अनुमति दिने छ । कम्पनीको सुह्चि हेरफेर गर्न चाहेमा स्टक डिलरले लिखित जानकारी गराई स्वीकृत गराउनु पर्ने छ । सुचीमा नपरेका कम्पनीको कारोबार स्टक डिलरले आफ्नो प्रणालीबाट गर्न पाउने छैन । यद्यपि उसले अन्य ब्रोकर मार्फत भने त्यस्ता कम्पनीको कारोबार गर्न सक्ने छ । त्यस्तै स्टक डिलरले नेप्सेमा ५० लाख धरौटी राख्नु पर्ने छ । धरौटी रकमको २५ गुणासम्म स्टक डिलरले कारोबार गर्न पाउने छ ।

नेप्सेले 'धितोपत्र ब्यापारी (स्टक डिलर) कार्य संचालन कार्यविधि २०७७' स्वीकृत गरेको हो । नेप्सेले भदौ १ गतेदेखि लागु हुने गरी कार्यविधि लागु गरेको हो । 

नागरिक लगानी कोषको स्टक डिलर कम्पनीले शेयरबजारमा प्रवेश गर्ने अन्तिम तयारी गरेको छ । 

यो पनि : 

स्टक डिलर कम्पनीले यस्ता कम्पनीको शेयर मात्र कारोबार गर्न पाउने, धरौटीको २५ गुणा सिलिङ

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved