एनआईसी एसियाको २ म्युचुअल फण्डको लाभांश घोषणा, लगानीकर्ताले १६ करोड पाउने

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Aug 11, 2020 | 10:37:02 AM मा प्रकाशित

tansen cement

एनआईसी एसिया क्यापिटल NIC Asia Capital Ltd  ले आफ्नो २ सामुहिक लगानी कोष योजनाको लाभांश घोषणा गरेको छ । क्यापिटलले एनआईसी एसिया ग्रोथ फण्ड र एनआईसी एसिया ब्यालेन्स फण्डले आर्थिक वर्ष ७६/७७ मा प्रदान गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार ग्रोथ फण्डका इकाईधनीलाई कर सहित १२ प्रतिशतको दरले हुन आउने १० करोड २ लाख २४ हजार र ब्यालेन्स फण्डका इकाईधनीलाई कर सहित ८ प्रतिशतको दरले ६ करोड ४ लाख मुनाफा वितरण गर्ने छ । 

कम्पनीले लाभांश वितरणको लागि बुक क्लोज मिति पछि सार्वजनिक गर्ने जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved