शेयर खरिदको लागि राखिने २५ प्रतिशत धरौटीको प्रतिफल दिन निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 03:14:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले शेयर कारोबार गर्दा लगानीकर्ताले धरौटी स्वरुप राख्ने २५ प्रतिशत रकममा प्रतिफल दिन निर्देशन दिएको छ । बोर्डले  धितोपत्र कारोवार सञ्चालन विनियमावलीमा संशोधन गर्दै यस्तो निर्देशन दिएको हो ।

बोर्डले  लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीलाई बुझाउने धरौटी रकममा सृजित हुने दायित्व तथा प्रतिफलका सम्बन्धमा लगानीकर्ता तथा धितोपत्र

दलाल व्यवसायीबीच हुने सम्झौतामा उल्लेख गर्नुपर्ने व्यवस्था समेटेको हो । यस व्यवस्थासँगै धितोपत्र कारोवारका लागि लगानीकर्ताले राखेको धरौटी रकममा प्रतिफल प्राप्त हुने÷नहुने सन्दर्भमा कायम रहेको अन्यौलता अन्त्य हुने बोर्डको विश्वास लिएको छ ।

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले लगानीकर्ताले तिरेको २५ प्रतिशत रकम ब्रोकरले ५-७ दिन सम्म पनि राख्ने गरेको र लगानीकर्ताले पनि ब्रोकरलाई तिर्नु पर्ने रकम समय मै नतिरेको गुनासो बढेकोले यस्तो ब्यबस्था गरीएको बताए ।

यस सँगै यदि लगानीकर्ताले शेयर खरिद गर्नको लागि जम्मा गरेको २५ प्रतिशत अग्रिम भुक्तानी शेयर खरिद नगरेर राखेमा ब्रोकरले त्यसको ब्याज सहित लगानीकर्तालाई रकम फिर्ता गर्नु पर्ने छ । त्यस्तै लगानीकर्ताले पनि शेयर खरिद गरेर समय मै ब्रोकरलाई भुक्तानी नगरेमा भुक्तानी गर्दा ब्याज सहित रकम दिनु पर्ने छ ।

ब्याजको दर भने तय नगरिएको र उक्त रकमको स्रोतको लागतको आधारमा निर्धारण हुने भएको छ । ऋण लिएर खरिद गरेको भए ऋण कै लागतमा र बचतको रकम प्रयोग भएको भए  त्यसकै लागत अनुसार ब्याज निर्धारण हुने भएको हो । लागतको आधारमा रकम तिर्न पर्ने भएकोले ब्याज शब्दको सट्टामा लागत शब्द प्रयोग गरिएको तर ब्यबहारिक रुपमा बुझ्दा यो ब्याज जस्तै भएको ब्रोकरहरु बताउछन्।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved