७ दिनमा लगानीकर्ताले कमाए ३७ अर्ब, पुनर्बिमा कम्पनीमा आकर्षण

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Aug 14, 2020 | 05:51:43 PM मा प्रकाशित

tansen cement

गत साता नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ५ अर्ब बढी कारोबार भएको छ । ५ दिनको अवधिमा नेप्सेमा ५  अर्ब ८० करोड ६० लाख बढीको कारोबार भएको छ । यो औसतमा प्रति दिन १ अर्ब १७ करोड बराबर हो । 

गत साता नेपाल पुनर्बिमा कम्पनीको शेयर सबैभन्दा धेरै  ४६ करोड ६२ लाखको कारोबार भएको छ । त्यस्तै बढी कारोबार हुनेमा दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स, तेस्रोमा अजोड इन्स्योरेन्स र चौथोमा एनआईसी एसिया रहेका छन् । 

गत साता बजार पुँजीकरणको आधारमा नेपाल टेलिकम शिर्ष स्थानमा छ । टेलिकमको बजार पुँजीकरण ९९ अर्ब ६५ करोड छ भने दोस्रो नम्बरमा रहेको नबिल बैंकको बजार पुँजीकरण ८३ अर्ब २० करोड रहेको छ । पुँजीकरणको आधारमा तेस्रो, चौथो र पाचौ स्थानमा क्रमश नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्भेस्टमेन्ट बैंक र एभरेष्ट बैंक रहेको छन् ।

गत साता नेपाल पुनर्बिमा कम्पनीको शेयर सबै भन्दा धेरै ३६ हजार ३२ पटक कारोबार भएको छ भने एनआईसी एसिया लघुवित्तको शेयर १० हजार ३ सय ४८ पटक कारोबार भएको छ । 

गत साताभर नेप्से सूचक ४५.५९ अंकले बढ्दा  बजार पुँजीकरण ३७ अर्बले बढेको छ । हाल कुल बजार पुँजीकरण भने १८ खर्ब ५९ अर्ब रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved