निषेधाज्ञा भए पनि शेयर बजार खुला नै रहने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2020 | 11:39:06 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मध्यरातदेखि काठमाडौँ उपत्यकाका तिनै जिल्लामा निषेधाज्ञा लागु हुने भएपछि शेयर बजार संचालन हुने कि नहुने भन्ने चासो बढेको छ । यस अघि लकडाउन हुँदा शेयर कारोबार बन्द रहेकोले निषेधाज्ञा हुँदा बजार के हुने भन्ने बारे आम लगानीकर्ताको चासो बढेको हो ।

 नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार निषेधाज्ञा भएपनि बजार खुला नै रहने छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले शेयर बजार खुला नै रहने बताएका हुन् ।  

अनलाईन मार्फत नै करोबार गर्न सकिने भएकोले बजार बन्द नहुने उनले बताए । उनले भने 'लगानीकर्ताले घर मै बसेर कारोबार गर्न सक्ने ब्यबस्था भएको छ, बजार बन्द हुदैन' । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved