दाग लाग्नबाट बच्न धितोपत्र बोर्डका कार्यकारी निर्देशक पौडेलको राजिनामा

स्वच्छ छवि कायम राख्न ४० लाखको माया मारे
शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 24, 2020 | 10:32:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डको पहिलो बरियताक्रममा रहेका कार्यकारी निर्देशक परिष्टनाथ पौडेलले राजिनामा दिएका छन् । पौडेलले गत साउन ३० मा राजिनामा दिएर भदौ १ देखि बिदामा बसेका छन् । नियम अनुसार उनको राजिनामा असोज १ देखि लागु हुने बताईएको छ 

२०५३ साल साउन ४ गतेबाट सेवा प्रवेश गरेका उनले २५ वर्ष पुग्नै लाग्दा राजिनामा दिएका हुन् । २५ वर्ष सेवा अवधि पुरा गर्दा सेवा सुविधा बढ्ने र अवकाशको समयपछि पनि ५८ वर्ष हुँदासम्मको सेवा सुविधा पाईने ब्यबस्था भएपनि उनले सो भन्दा अगाडी नै राजिनामा दिएका हुन् । सेवा अवधि पुरा नभई राजिनामा गर्दा उनले पाउने थप ३५ देखि ४० लाख गुम्ने बोर्डका उच्च तहका अधिकारी बताउछन् 

उनले ४० लाख कै माया मारेर दिएको राजिनामाको कारण घरायसी र स्वास्थ्य उल्लेख गरेपनि यथार्थ कारण भने अर्कै रहेको पाईएको छ । कम बोल्ने, जिम्मेवारी तोकिएकै समयमा पुरा गर्ने, र स्वच्छ छविको प्रशासकका रुपमा चिनिने उनको राजिनामालाई बोर्ड भित्र र बाहिर नै अर्थपूर्ण रुपमा हेरिएको छ ।

'ईमान' मा दाग लाग्न नदिन राजिनामा 

उनले २४ वर्षको सेवा अवधिमा कुनै पनि विवादमा नपरी काम गरेपनि अब भने बोर्ड कै कारणले इमानमा  दाग लाग्ने देखेपछि राजिनामा दिएको बोर्ड स्रोतको भनाई छ । विशेष गरी कमोडिटी एक्सचेन्जमा भएको ढिलाई प्रति उनी अशन्तुष्ट रहेको बताईएको छ । यस समबन्धि सम्पूर्ण ऐन तथा कानुनको ड्राफ्टहरु उनकै नेतृत्वमा तयार पारिएको तर कानुन बनेको लामो समय बनिसक्दा पनि विभिन्न बहानामा लाईसेन्स नदिएको र फेरी तेस्रो पटक आवेदन माग्ने तयारी भएपछि उनी यसमा अशतुष्ट रहेको बुझिएको छ। अर्थमन्त्रलायको दबाबमा त्यहींका पुर्व कर्मचारीलाई कमोडीटी  लाईसेन्स दिन चलखेल सुरु भएपछि विवादमा नफस्नको लागि उनले राजिनामा गरिएको बताईएको छ ।

कमोडिटी स्टकमा निजि क्षेत्रसहितको लगानीमा अर्को स्टक एक्सचेन्जलाई पनि अनुमति दिने र पछि त्यसलाई मर्ज गराउंदा बजारमा सुधार ल्याउन सकिने उनको बुझाई थियो ।

दोस्रो स्टक मार्केट 

त्यस्तै उनले पुँजीबजार सुधारको लागि दोस्रो स्टक मार्केट चाहिने बताउँदै आएको स्रोतले जनाएको छ । निजि क्षेत्रसहितको लगानीमा अर्को स्टक एक्सचेन्जलाई पनि अनुमति दिने र पछि त्यसलाई मर्ज गराउंदा बजारमा सुधार ल्याउन सकिने उनको बुझाई थियो । तर त्यसमा पनि बोर्ड नेतृत्वले साथ नदिएपछि उनी अशन्तुष्ट थिए। त्यस समय नयाँ स्टकको लागि अर्थ मन्त्रालयले नै स्वीकृति दिएपनि अहिले भने मन्त्रालय कै निर्देशनमा सो विषय टुंगिएको छ । 

 बैंकलाई ब्रोकर लाईसेन्स

 बैंकलाई ब्रोकर लाईसेन्सको विषयमा पनि अध्यक्ष र उनको मत बाझिएको स्रोत बताउछ। उनी बैंकलाई ब्रोकर लाईसेन्स दिएर हुन्छ वा भएकै ब्रोकरलाई विस्तार गरेर हुन्छ, जसरी पनि धेरै भन्दा धेरै ठाउँमा ब्रोकर सेवा दिनु पर्छ भन्ने लाइनमा थिए । तर बोर्ड अध्यक्षले बैंकलाई ब्रोकर लाइसेन्स भन्दापनि ब्रोकर डिलरको अवधारणा ल्याएपछि उनी अशतुष्ट रहेको स्रोत बताउछ । 

केवाईसीमा फरक मत 

हाल सिडीएससीले केन्द्रिकृत केवाईसीको लागि गृहकार्य गरिरहेको छ । त्यस समबन्धि निर्देशिका पनि बोर्डले सुझावको लागि सार्वजनिक गरेको छ । त्यस निर्देशिकामा केन्द्रिकृत केवाईसी अन्तर्गत सबै लगानीकर्ताको रेटिना  बायोमेट्रिक सहितको विवरण राखिने उल्लेख छ  । तर त्यसमा साझेदारको रुपमा बिदेशी निजि कम्पनी पनि समावेश हुन लागेको जानकारी पाएपछि पौडेलले त्यसको बिरोध गरेका थिए । बोर्डमा छलफल  गरेर त्यसलाई अनुमोदनको लागि  बोर्डको संचालक समितिमा पठाउने क्रममा पौडेलले यस्तो गलत कार्यमा  हस्ताक्षर गर्नु नपोरोस् भन्ने चाहेका थिए । सोहि अनुसार उनले हतार हतार राजिनामा गरेको स्रोत बताउछ । उनले केन्द्रिकृत केवाईसी अत्यावश्यक भएपनि त्यो सरकारी निकाय मातहत मात्र हुनु पर्ने र त्यसमा कुनै पनि हालतमा निजि कम्पनीलाई सहभागी गराउन नहुने उनको मत थियो  । 

'पैसा नै सबैथोक होइन'

बोर्डका उच्च अधिकारीहरु पौडेललाई 'दाई' भनेर सम्बोधन गर्छन । उच्च अधिकारीहरुले कार्यकाल पुरा गर्दा ४० लाखसम्म बढी आम्दानी हुने र 'रिटायर्ड लाइफ' लाई सजिलो हुने भएकोले राजिनामा नगर्न सल्लाह दिएका थिए। तर पौडेलले 'पैसा नै सबथोक होइन' भन्दै आफ्नो कुराहरुले कहिँ कतै सम्बोधन नहुने भएपछि पदमा बसिरहनुको औचित्य नदेखिएकोले राजिनामाको निर्णय लिएको जवाफ दिएको स्रोत बताउछ । हालसम्म विवादरहित रुपमा कार्य गरेको र अन्त्य तिर इमानमा दाग नलागोस् भन्ने अभिप्रायले नै उनले राजिनामा दिएको स्रोतको भनाई छ। उनको कार्यकाल सकिन एक बर्ष बाँकी थियो।   

यद्यपि उनले भने आफ्नो ढाड दुख्ने समस्या रहेको र घरायसी कारणले राजिनामा दिएको बताउदै आएका छन्। पौडेलले राजिनामा गरेसँगै अब उप कार्यकारी निर्देशकहरु मध्येबाट एकजनाको कार्यकारी निर्देशकमा बढुवा हुने छ। वरिष्ठताको आधारमा बढुवाको लागि पहिलो नम्बरमा मुक्तिनाथ श्रेष्ठ छन् भने दोस्रो र तेस्रोमा क्रमश बिनयदेव आचार्य र डा.  नवराज अधिकारी रहेका छन् । 

बढुवाको अधिकार अध्यक्षमा निहित हुने भएकोले उनले नै सुरुमा निमित्त वा कायम मुकायम जिम्मेवारी दिने र पछि कार्यसम्पादन मुल्यांकनको नम्बरको आधारमा बढुवा हुने बताईएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved