यस्ता छन् शेयरबजारमा उत्साह देखिनुको कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2020 | 07:37:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्से लगातार २ दिन दोहोरो अंकले बढेको छ । मंगलबार र बुधबार नेप्से दोहोरो अंकले बढेको हो । त्यस्तै सूचक सँगै कारोबार रकम पनि बढेको छ । आज बुधबार मात्र नेप्सेमा २ अर्ब ६५ अर्ब ६१ करोडको शेयर कारोबार भएको छ ।

निषेधाज्ञा कै बीचमा दोहोरो अंकको वृद्धि र साँढे २ अर्ब बढीको कारोबारले लगानीकर्ताहरु उत्साहित भएका छन् । नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बजारमा ठुला लगानीकर्ता प्रवेश गरेको र सामुहिक लगानी कोषहरुले पनि शेयर उठाउन लागेकोले बजारमा उत्साह देखिएको बताउछन् ।

त्यस्तै बैंकको ब्याजदर पनि घट्दो रहेको र बैंकहरुले लगानीकर्ताहरुलाई बोलाएर नै सस्तोमा ब्याज दिन लागेकोले पनि लगानीकर्ता बजारमा सक्रिय भएको उनको भनाई छ । बजार उच्च बिन्दुमा भएको बेलाको ब्याजदर र अहिलेको ब्याजदर लगभग उस्तै भएकोले पनि बजार सकारात्मक दिशामा अगाडी बढेको उनी बताउछन् ।

अनलाईनबाट नै सबै कारोबार गर्न सकिने ब्यबस्था गरिएको, बजारमा स्टक डिलरको रुपमा नागरिक लगानी कोषको सहायक कम्पनी प्रवेश गर्न लागेको, र नेपाल राष्ट्र बैंकको ब्यबस्थाले ५ वटा त्रैमासको नाफाबाट लगानीकर्ताले लाभांश पाउने वातावरण बनेकोल  पनि बजारमा उत्साह थपिएको उनी बताउछन् ।

यद्यपि उनले केहि करेक्सन हुदै बजार माथि गए मात्र दिगो हुने भएकोले केहि करेक्सन पनि आवश्यक भएको बताए । साथै उनले लगानीकर्तालाई बजार बढ्यो भन्दैमा हौसिएर लगानी नगरी कम्पनीको आधारभूत अवस्था हेरेर मात्र सुझबुझ तरिकाले कम्पनीको अध्ययन गरेर राम्रो कम्पनीमा मात्र लगानी गर्न सुझाव दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved