आज सवा ५ बजेसम्म शेयर कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2020 | 04:13:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार ५:१५ सम्म शेयर कारोबार हुने भएको छ ।  कारोबारमा समय नेप्सेको अनलाईन ट्रेडिङ प्रणाली टिएमएस सिस्टममा समस्या आई कारोबार रोकिएपछि कारोबार अवधि थप गरिएको हो । नेप्सेले ३:३५ देखि ५:१५ सम्म शेयर कारोबार  समय थप गरेको हो । 

प्रणालीमा समस्या आएपछि १२ बजेर ३ मिनेटपछि शेयर कारोबार बन्द भएको थियो । समस्या समाधान भएपछि कारोबार सुचारु भएको हो । 

यस अघि टिएमएसमा मल्टिपल अर्डर हुने समस्या देखिएको थियो । अर्थात कुनै एक लगानीकर्ताले १०० कित्ता बिक्रि गर्न अर्डर हालेकोमा ३ पटकसम्म १०० कित्ता गरी ३०० कित्ता बिक्रि हुने समस्या देखिएको थियो । यसरी अर्डर नै नहालेको शेयर बिक्रि भएको थियो ।  

त्यस्तै खरिद अर्डर तर्फपनि यो समस्या देखिएको थियो । १०० कित्ता खरिद गर्न अर्डर दिएकोमा ३ पटक गरेर ३०० कित्ता खरिद भएको थियो । लगानीकर्ताले मल्टिपल अर्डर पोस्ट भएको र त्यसलाई क्यान्सल गर्न पनि नमिलेको गुनासो गरेका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved