एनबिआई र पँजाब नेशनल बैंक ईन्ष्टिच्युट अफ इन्फोर्मेशन टेक्नोलोजी बीच सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 21, 2017 | 11:47:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) र पँजाब नेशनल बैंक ईन्ष्टिच्युट अफ इन्फोर्मेशन टेक्नोलोजी  बीच २०७४ मंसिर ४ गते का दिन प्रबिधि आदान प्रधान सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । भारतको लखनऊ शहरमा स्थित यस ईन्ष्टिच्युट, बैंकिङ्ग सम्बन्धि सुचना तथा प्रविधि अन्तरगतका विभिन्न तालिमहरु प्रदान गर्ने एक अग्रणी सँस्था हो ।

यस सम्झौता अनुसार, एनबिआई ले नेपाली बैकिङ्ग क्षेत्रलाई आवश्यक हुने बैकिङ्ग प्रविधि, साइबर सेक्युरिटी डिजिटलाइजेसन तथा यस्ता अन्य तालिमहरु  पँजाब नेशनल बैंक ईन्ष्टिच्युट अफ इन्फोर्मेशन टेक्नोलोजीबाट उपलब्ध गराउन सक्ने छ । उक्त तालिमहरु बाट बैंक हरुको सुचना तथा प्रविधि विभागमा कार्यरत कर्मचारीहरुको दक्षता अभिवृधि गर्न निकै सहयोग पुग्ने बिश्वास लिइएको छ । 

सम्झौतामा  पँजाब नेशनल बैंक ईन्ष्टिच्युट अफ इन्फोर्मेशन टेक्नोलोजीका निदेशक   दिभ्याङ् रस्तोगी र एनबीआईका अधिकृत संजीब सुब्बाज्यूले हस्ताक्षर गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved