युनियन फाइनान्सले एकै पटक गर्यो ४ बर्षको साधारण सभा, यस्ता छन् निर्णय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 11, 2017 | 07:12:05 PM मा प्रकाशित

laxmi  sunrise bank

 युनियन फाइनान्सले एकै पटक ४ बर्षको साधारण सभा गरेको छ  ।  फाइनान्सले  आ.व. २०६९÷७०, आ.व. २०७०÷७१, आ.व. २०७१÷७२ र आ.व. २०७२÷७३ गरी ४ आर्थिक वर्षको वार्षिक साधारण सभा गरेको हो  । 

भक्तबहादुर मल्लको अध्यक्षतामा मंगलबार सम्पन्न भएको साधारण सभाले आगामी ४ वर्षको लागि संचालकहरुमा संस्थापक शेयरधनीहरुको समूहबाट भक्तबहादुर मल्ल, सुरेन्द्रबहादुर मल्ल,  रामप्रसाद जोशी र  सागर ढकाल तथा सर्वसाधारण शेयरधनीहरुको समूहबाट  सप्तमान बज्राचार्य,  मृणालिनी गिरी र श्रीविकास श्रेष्ठ निर्विरोध निर्वाचित गरेको छ ।

संस्थाको २०७३ आषाढ मसान्तसम्ममा चुक्ता पूँजी रु १७ करोड ६५ लाख ८५ हजार रहेको, रु.९४ करोड ११ लाख ८७ हजार निक्षेपा संकलन भएको र कर्जा सापट रु ६३ करोड ०८ हजार रहेको छ ।

साथै, संस्थाको चुक्ता पूँजी नेपाल राष्ट्र बैंक द्वारा निर्धारित सीमा अनुरुप पु¥याउने संदर्भमा देवः विकास बैंक लिमिटेड द्वारा प्राप्ती (acquisition) गरिने सम्बन्धमा हालै सझौता सम्पन्न भै सकेको र तत्सम्बन्धमा आवश्यक स्वीकृतीको लागि नेपाल राष्ट्र बैंकमा पेश गरिसकिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved