अन्तराष्ट्रिय मापदण्ड सहितको स्टीलबर्ड कम्पनीका आकर्षक हेल्मेट अब नेपाली बजारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 26, 2017 | 11:29:02 AM मा प्रकाशित

laxmi  sunrise bank

स्टीलबर्ड हाईटेक इण्डिया लिमिटेडले उत्पादन गरेका हेल्मेटहरु पहिलो पटक नेपालमा भित्रिएको छ । स्टीलबर्ड हेल्मेटको सबै भन्दा पुरानो कम्पनी हो । कम्पनीले बिहिबारबाट नेपाली बजारमा सबै प्रकारको हेल्मेट सार्बजनिक गरेको हो । 

कम्पनीले ५० भन्दा बढी देशहरुमा आफ्नो उत्पादन बिक्रि गर्दै आएको छ ।  विश्वको शीर्ष हेलमेट निर्माताहरु मध्ये एक बीआईईएफएफईको प्रबिधि प्रयोग गर्दै स्टीलबर्ड बिश्व मै उच्च स्तरको हेल्मेट निर्माता कम्पनी बनेको छ  ।  

स्टीलबर्डले नेपालमा आफ्नो सम्पूर्ण मोडल र रेन्जको हेल्मेट सार्बजनिक गरेको हो । साथै कम्पनीले नेपालको लागि ३ अधिकृत बिक्रेता पनि चयन गरेको छ । सार्क देशहरुमा कम्पनीको उपस्थिति जनाउने नीति अनुरुप नेपालमा हेल्मेट सार्बजनिक गरिएको कम्पनीले बताएको छ ।

कम्पनीले स्पोर्टिंग, अल्ट्रालाइट, ओपन फेस लेडीज, फुल फेस, फ्लिप अप, डर्ट  लगायतका हेल्मेट उपलब्ध गराएको छ । चालकको सुरक्षालाई बिशेष ध्यानमा राख्दै कम्पनीले आफ्नो सबै हेल्मेट अंतर्राष्ट्रीय सुरक्षा मापदण्ड अनुसार बनेको बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved