ढुक्क भएर मतदान गर्नुस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 18, 2017 | 04:42:01 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं ।  निर्वाचन आयोगले प्रदेश न। २ को सोमबार हुने मतदानमा निर्धक्क भएर मताधिकार प्रयोग गर्न अपील गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा।अयोधीप्रसाद यादवले आइतबार निर्वाचन तयारीबारे जानकारी दिँदै सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएकोले मतदानमा सहभागी हुन आह्वान गरेका हुन् ।

उनले भने, ‘शान्ति सुरक्षाको अवस्था भरपर्दो बनाइएको छ । जनताको मताधिकार कुण्ठित गर्ने प्रयास सुरक्षाकर्मीले विफल पार्नेछन् । सीमा क्षेत्रबाट हुन सक्ने घुस पैठलाई रोक्न आयोगले सुरक्षा निकायलाई निर्देशन दिइसकेको को छ । कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी जनप्रतिनिधि छान्ने काममा सहभागी हुन अनुरोध गर्दछौं ।’

पहिलो र दोस्रो चरणका निर्वाचनमा मतदातामा ठूलो उत्साह देखिएको र तेस्रो चरणको यो निर्वाचनमा पनि त्यो उत्साहमा कमी नहुने आयोगको विश्वास रहेको उनले बताए ।उनले भने, ‘बाढी, डुबानबाट उत्पन्न पीडालाई बिर्सेर असोज २ गते जनप्रतिनिधि छनोट गर्ने पर्वको रुपमा मनाउन प्रदेश न।२ का नागरिकलाई आयोग अपील गर्दछ ।’

सोमबार अर्थात् असोज २ गते प्रदेश २ मा हुने स्थानीय तहको निर्वाचनको मतदानको तयारी पूर्ण भएको आयोगले जनाएको छ । प्रदेश २ मा १ महानगर ३ उपमहानगरपालिका ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तहमा सोमबार मतदान हुँदै छ । निर्वाचनमा ३१ हजार पाँच सय कर्मचारी परिचालन भएका छन् । स्वयम् सेवकको मात्र संख्या ३५ सय ८० रहेको छ ।

सुरक्षाकर्मी ६५ हजार परिचालन भएका छन् । निर्वाचनमा ४५ दल सहभागी छन् । चुनावी मैदानमा ३७ हजार २३६ उम्मेदवार प्रतिस्पधामा छन्। प्रदेश दुईमा कुल मतदाताको संख्या २६ लाख ६४ हजार ९ सय ५० रहेको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved