सर्वेन्द्र खनालकै अगाडि हाछेथुलाई ‘महानायक’ भनेपछि....

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 18, 2017 | 04:47:55 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । नमस्कार, जोजोलपा र जय नेपाल भन्दै बोल्न सुरु गरेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले प्रारम्भमै ट्राफिक प्रहरी निरिक्षक सीताराम हाछेथुलाई ‘महानायक’ को पगरी गुथाए । ‘ललितपुर महानगर, ट्राफिक जाम मुक्त सहर’ विषेयक कार्यक्रममा चिरिबाबुको सम्बोधनले कार्यक्रम हल तालिले गुन्जियो। आइतबार बिहान पुल्चोकमा केही त चिरिबाबुका भाषण सुन्न मात्रै भए पनि पुगेका थिए।

‘मेयरमा जिताउन ललितुरवासीलाई मैले बाचा नै गरेको थिएँ, ललितपुरलाई ट्राफिक जाम मुक्त बनाउँछु भनेर अब गरिने भने यो चिरिबाबु पनि यस्तै रहेछ, अर्को चुनावमा देखाजायगा भन्नुहोला, म जसरी पनि ट्राफिक व्यवस्थापन गरेरै छाड्छु’, महर्जनले भने,‘ ललितपुरवासीले अनुभूति गर्ने खालले काम गरेर देखाइदिन्छु ।’

 ल्बतष्यलब िऋयििभनभ द्दद्दण्ह्द्दद्दण्एष्ह ब्म ायच ब्ललबउगचलब द्दण्ण्हद्दण्ण्  

कुपन्डोल, हरिहरभवन र अल्का अस्पताल अगाडी चार साता भित्रै ट्राफिक लाइट बनाईसक्ने योजना महर्जनले सुनाए। ललितपुर महानगरमा एउटा मात्रै आकाशे पूल रहेको र विकासमा पछाडी पारिएकोमा चिन्ता व्यक्त गर्न भ्याए महर्जनले। उनले भने, ‘यत्रो महानगरमा एउटा मात्रै आकाशे पूल रहेछ, अब म यो वर्षभित्रै दुई आकाशे पुल बन्छन्, एउटा पाटन अस्पताल अगाडि, अर्को लगनखेल र अर्को चौबाटोमा बन्छ ।’

उनले पुल्चोकदेखि थापाथलीस्थित बाग्मती पुलसम्म फ्लाई ओभर बनाउ महानगरपालिकाको कार्यपालिकाको बैठकबाट अनुमोदन गराइसकेकाले यथाशीघ्र काम गर्ने बताए। ठट्यौली पारामा उत्रिएका महर्जनले भने, ‘धेरै योजनामात्रै बताएँ तर गर्न सकिने भने यो चिरिबाबु पनि गफाडी रहेछ भन्नुहोला तर यी दुई काम तात्विक भिन्नता देखिने गरी जसरी पनि गरेरै छोड्छु ।’

महर्जनले जापान र कोरिया भ्रमणको विषयमा पनि ठट्यौली पारामा अनुभूति सुनाए। उनले भने,‘जापान र कोरियाको स्मार्टसिटी अवलोकन गर्न पाएँ, त्यहाँको विकास जस्तै नेपालमा हुन झण्डै हजार वर्ष लाग्ने अनुभुति मैले पाएँ, मलाई त्यहाँको विकास र नेपालको विकास हेर्दा लाजै लागेर आयो, के गर्ने के गर्ने भयो। मेरो प्रस्तुति फिक्का हुने ठानेर बढाइचढाई गरेर पनि सुनाए ।’

सूचना प्रविधिमा नेपालले फड्को मारे पनि अन्तराष्ट्रियस्तरमा स्मार्टसिटी देखाउन नेपालसँग केही नभएको महर्जनले बताए। महर्जनले सीतारामको सक्रियतालाई खुलेरै प्रसंसा गर्दै ट्राफिक प्रहरीसँग समन्वयमा काम गर्न आफु इच्छुक भएको बताए।

विश्वसम्पदा सूचीमा सूचीकृत भएका धार्मिक एवं पर्यटकीय क्षेत्रमा सवारी प्रवेशमा निधेष लगाउने योजनाका बारेमा समेत महर्जनले खुलाए। ‘विश्वका कुनैपनि मुलुकमा रहेको विश्वसम्पदा सूचीमा सवारी प्रवेश गर्न दिइदैन तर हाम्रोमा धेरै मनपरी छ, अब म धेरै सडक वान वे ९एकतर्फ० गर्ने तयारीमा छु, त्यसमा ट्राफिक प्रहरीको साथ चाहिन्छ र स्थानीयवासीको पनि, यसो गरेर पर्यटन क्षेत्र झन बलियो हुन्छ,’ महर्जनले भने,‘ इच्छाशक्तिले नै काममा पूर्णता पाइन्छ ।’

लगनखेलमा रहेको पञ्चायत स्तम्भ हटाएको विषयलाई समेत मेयर महर्जन यसरी खुले,‘सीताराम आएर त्यो स्तम्भले धेरै सवारी जाम ग¥यो के गर्ने भन्नुभयो, मैले फिल्डमा गएर हेरें। साँच्नै भालुको कम्पट जस्तो देखेपछि मैले झिकेर अन्तै व्यवस्थापन गर्नुस्, कसैले गाली गर्छ भने मलाई भन्नोस् भने गाली गर्ने कोही आएनन ।’ महर्जनले बाटो विस्तार नभई सवारी जाम नरोकिने बताउँदै आफु मिल्ने ठाउँसम्म विस्तार गर्ने मनस्थितिमा रहेको उल्लेख गरे ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डीआईजी सर्वेन्द्र खनालले कुनै पनि मुलुकको छवी र मानवीय चेतना हेर्न त्यहाँको ट्राफिक व्यवस्थापनले बुझाउने बताए। मेयर महर्जनले ट्राफिक प्रहरीको प्रसंसा गरेजस्तै खनालले पनि मेयरको प्रसंसा गरे। उनले भने,‘ न्यूयोर्कमा पुलिस कमिस्नरका पछाडी त्यहाँको मेयर उभिन्थे, अब हाम्रा पछाडी चिरिबाबु मेयरसाब उभिनुभएको छ, ट्राफिक व्यवस्थापन एक्लो प्रयासले हुँदैन सबै स्टेकहोल्डरहरु एक साथ भएमा कुनै जोखिम हुँदैन ।’

ट्राफिक प्रहरीले कुनै पनि आर्थिक प्रलोभनमा काम गरेको सूचना पाए फिल्डमै कारबाही गर्ने चेतावनी दिंदै खनालले सवारी व्यवस्थापनमा सबै पक्षबाट उत्तिकै सहयोगको आश गरेको बताए। उनले भने, ‘ललितपुरलाई जामरहित सडक बनाउन तत्काल सम्भव नदेखिए पनि सबैको इच्छाशक्तिले काम गरेमा यथासिघ्र गर्न सकिन्छ।’

कार्यक्रममा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले सडकसँगै अन्य भौतिक पूर्वाधारका अभावमा सवारी जाम नियन्त्रणमा तत्काल चमत्कार हुन नसकेपछि सबैको हातेमालो भएमा सम्भव रहेको बताएको आजको अन्नपूर्णपोष्टमा खबर छ ।

उनले भने, ‘सडकमा जथाभावी सवारी पार्किङ गर्ने, पैदलयात्री सडकबाटै हिड्ने, लेन अनुशासन कायम नगर्ने जस्ता प्रवृत्तिको अन्त्य भए जाम नियन्त्रण गर्न सकिन्छ, त्यसका लागि पहिला सडक प्रयोगकर्तामा चेतना हुनुपर्छ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved