संसारको सबैभन्दा ठूलो हेज कोषको संस्थापक भन्छन्, 'बिटकोइन पानिको फोका हो '

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 20, 2017 | 07:07:04 AM मा प्रकाशित

laxmi  sunrise bank

बिश्वकै ठुलो हेज फन्डका संस्थापक रे डालियोले बिटकोइनलाई पानिको फोका (बबल) को संज्ञा दिएका छन। बिटकोईन मार्फत कारोबार गर्न कठिनाई भएकाले यसले बिस्तारै बिश्वास गुमाउंदै गएको उनको भनाई छ। 

'आजको दिनमा बिटकोइन मार्फत न त धेरै कारोबार गर्न सकिन्छ, न त खरिद बिक्रीको सहज माध्यम बन्न सकेको छ..त्यसैले बिटकोइन बिस्तारै बबल बन्दै गएको छ' उनले सीनबिसीसंगको कुराकानीमा भनेका छन।

'बिटकोइनको मुल्यमा देखिएको अस्थिरताका कारण यो सुन जस्तै प्रभावकारी रुपमा भण्डारण गर्न मिल्ने सम्पती बन्न सकेको छैन' ब्रिजवाटर एसोसियट्सका संस्थापकले भनेका छन। त्यसैले उनले डिजिटल मुद्राबाट आफ्नो बिश्वाश हराएको बताएको छन। 

उनका अनुसार मान्य मुद्राले न्युनतम दुईवटा सिद्दान्त पुरा गरेको हुनुपर्छ, पहिलो सिद्दान्त भनेको कारोबार प्रणालीमा विनिमयको सहज माध्यम र दोस्रो भनेको भण्डारण सम्पति। तर यो लज्जाको बिषय हो कि यसलाई मुद्रामा गणना गरिन्छ। 'बिटकोइनमा देखिएको आंकलन र अस्थिरताले मलाई पिडा दिएको छ।' उनले भने। 

डालियोले आफ्नो जिबनका अनुभब र सुरुवाती दिनमा करियरमा खाएको हण्डरलाई समावेस गरी 'सिद्दान्त: जीवन र काम' नामक पुस्तक हालै मात्र सार्वजनिक गरेका छन्। उनको संस्थाले १६० खर्ब रुपैयाँ बराबरको लगानी व्यवस्थापन गरिरहेको छ। 

बिटकोइन प्रति डालियोको यस प्रकारको धारणाले बिश्व बजारमा बिटकोइनको मुल्यमा ठुलो गिरावट आउने अनुमान गरिएको छ। अमेरिकाको जेपी मोर्गन चेस बैंकको प्रमुख कार्यकारी अधिकृत जेमी डाइमनले बिटकोइनलाई 'धोखा' को संज्ञा दिएको केहि दिन मै डालियोको बिटकोईन प्रति यस्तो नकारात्मक धारणा बाहिर आएको हो। 'यो वास्तविक बस्तु होइन, अन्तत: यो पूर्ण रुपमा बन्द हुनेछ' डाइमनले अल्फा कन्फरेन्समा भएक भएको एक कार्यक्रममा यस्तो बताएको सीएनबिसीले लेखेको छ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved