चिकित्सकको दबाबमा पछि हट्यो सरकार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 23, 2017 | 05:20:37 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमान्डौं । चिकित्सकको चरम लापरबाहीले बिरामीको मृत्यु भए सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने गरी कानुन बनाउने तयारीमा जुटेको सरकार चिकित्सकहरुकै दबाबमा पछि हटेको छ ।  सरकारको निर्णयलाई लिएर मेडिकल एसोसिएसनले देशभरका अस्पतालको सेवा बन्द गराउँदै आन्दोलनमा उत्रिएपछि सरकार निर्णय फिर्ता लिन बाध्य भएको हो ।

मन्त्रिपरिषदको सोमबारको  बैठकले चिकित्सकको लापरबाहीले  बिरामीको मृत्यु भए क्षतिपूर्ति चिकित्सकबाटै भराउने गरी कानुन बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो । चिकित्सकहरूले उक्त निर्णयविरुद्ध तत्कालै ७२ घण्टे अल्टिमेटम दिएका थिए ।  उनीहरूले देशभरका अस्पताल ठप्प पार्दै आन्दोलन थालेपछि शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले निर्णय सच्याइएको व्यहोरासहितको विज्ञप्ति जारी गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved