टिकट पाउने पक्का भएपछि वली हिँडिन् ओलीको पार्टीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 26, 2017 | 04:43:36 AM मा प्रकाशित

laxmi  sunrise bank


गतवर्ष मात्रै रेडियो नेपालको जागिर छोडेर राष्ट्रिय प्रजातन्त्र पार्टीकोे केन्द्रीय सदस्य बनेकी चर्चित गायिका कोमल ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी छोडने तयारी गरेकी छिन । गृह जिल्लामा आएर उनले राप्रपा छोडने तयारी गरेको ओलीको पारिवारिक स्रोतले बताएको छ । कोमल वली राप्रपा छोडेर एमालेमा प्रवेश गर्ने चर्चा चलिरहेको छ ।

सोमबार दाङको घोराहीमा हुने एमालेको बृहत सभामा एमाले अध्यक्ष केपी ओलीले कोमललाई एमालेमा प्रवेश गराउने तयारी भएको एमाले दाङले जनाएको छ । ओलीले एमालेसँग सांसदको ‘बार्गे्निङ’ गरिरहेको र एमालेले सांसद दिने पक्का भएपछि प्रवेशको समेत तयारी गरेको एमाले स्रोतले बताएको छ । राप्रपाले भूमिकाविहीन बनाएको भन्दै पहिले देखिनै ओली पार्टी नेतृत्वसँग रुष्ट हुदै आएकी थिइन् । आजको अन्नपूणैपोष्टमा खबर छ ।

फागुनमा सम्पन्न राप्रपाको एकता महाधिवेसनमा अत्याधिक मत ल्याएर केन्द्रीय सदस्य जितेकी ओली पशुपतिसमशेर राणाले पार्टी फुटाएपछि द्विविधामा थिइन् । सँगै केन्द्रीय सदस्य जितेकी रेखा थापा राणासँग गएपछि ओली अलमलमा परेकी थिइन् । एमाले दाङका जिल्ला सचिव हिराचन्द्र केसीले कोमल ओली एमालेमा प्रवेश गर्ने कुरा सत्य भएको बताए । उनले पार्टी अध्यक्षले सोमबार दिउँसो ओलीसहित राप्रपाका केही जिल्ला नेताहरुलाई पार्टी प्रवेश गराउने बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved