बिरामी छट्पटाउँदै शय्यामा, डाक्टर धर्नामा!

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 26, 2017 | 04:46:41 AM मा प्रकाशित

laxmi  sunrise bank

बिरामी छोरालाई बोकेर आएका बर्दिका, मैनापोखर निवासी राजाराम थारु नेपालगन्ज मेडिकल कलेज शिक्षण अअस्पताल परिसरबाट सोमबार उपचार नगराएरै घर फर्किए। निमोनिया भएको आशंकामा राजारामले आफ्नो आठ वर्षिय छोरालाई नेपालगन्ज ल्याएका थिए । 

जब उनी अस्पतालको ओपिडी कक्ष बाहिर प्रवेश गरे, त्यहाँ सुनसान देखियो। अरूबेला बिरामीको भिडभाड देखिने अस्पताल सुनसान देखेपछि उनले बाहिर आएर सोधपुछ गर्दा डाक्टरहरु आन्दोलित भएको थाहा पाए।

‘छोरालाई सन्चो नभएर ल्याएको त डाक्टर आन्दोलनमा पो रहेछन्’, उनले भने। विरामी छोरा बोकेर राजाराम घर फर्किदै गर्दा आन्दोलनरत डाक्टरको एउटा समूह जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेको थियो।

नेपालगन्जका विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरू बिरामी जाँच्न छाडेर सोमबार बिहान साढे १० बजेबाट मध्यहान्ह १२ बजेसम्म जिल्ला प्रशासन अगाडि धर्नामा बसेका आजको नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved