आन्दोलनले बिरामी मर्कामा !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 27, 2017 | 05:31:57 AM मा प्रकाशित

laxmi  sunrise bank

पाँच दिन आन्दोलनमा उत्रेका चिकित्सक तथा स्वास्थ्यकर्मीले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ । चिकित्सक आन्दोलनका कारण पाँचौं दिन मंगलबार देशभरका ओपिडी सेवा ठप्प भए ।

माग पूरा नभएसम्म अनिश्चतकालीन आन्दोलन जारी राख्ने नेपाल चिकित्सक संघले जनाएको छ । ‘स्वास्थ्यमन्त्रीले हाम्रो माग प्रधानमन्त्रीसमक्ष पुर्याउँछु नभनेसम्म आन्दोलन जारी राख्छौं,’ नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले भने ।

बिरामीमाथि लापरबाही भएको खण्डमा त्यसको क्षतिपूर्ति चिकित्सकले तिर्नुपर्ने कानुन बनाउन मन्त्रिपरिषद्ले निर्णय गरेपछि देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका थिए । चिकित्सक आन्दोलनका कारण उपचारसेवा प्रभावित भएपछि स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री आउने बेलासम्मका लागि चिकित्सकलाई आन्दोलन स्थगित गर्न आग्रह गरे ।

मन्त्रिपरिषद् तथा संसद्को निर्णय भएकाले प्रधानमन्त्री आएपछि संशोधनका लागि पहल गर्ने मन्त्री पोखरेलले बताए । मन्त्री पोखरेलले भने, ‘अहिले प्रधानमन्त्री देशबाहिर हुनुहुनुहुन्छ, १२ गते आउनुहुन्छ । उहाँ आएपछि दुवै पक्षलाई मिल्ने गरी एने संशोधनको पहल गर्नेछु ।’

आन्दोलनमा उत्रिएका चिकित्सकले पाँच दिनदेखि मुलुकभरका निजी तथा सरकारी अस्पतालमा बहिरंग सेवा, नियमित शल्यक्रिया र अन्य जाँच बन्द गरेका छन् । उपचारसेवा बन्द हुँदा पालोमा परेका शल्यक्रिया रोकिएको अस्पतालहरुले जनाएका छन् । ‘पालो परेका सयौं शल्यक्रिया रोकिइसकेका छन्,’ टिचिङ अस्पतालका प्रशासक गोविन्दबहादुर प्रधानले भने । ओपिडी सेवा बन्द भएपछि आकस्मिक कक्षमै बिरामीको भीड लागेको र सयौं पालोका शल्यक्रिया रोकिएको वीर अस्पतालले जनाएको छ । सबै अस्पतालमा वार्डमा भर्ना भएका र आकस्मिक सेवामा आएका बिरामीले भने उपचार भइरहेको अस्पतालहरूले जनाएका छन् । स्वास्थ्यमन्त्री पोखरेलले आन्दोलनकारीसमक्ष ऐन संशोधनका लागि प्रधानमन्त्रीसमक्ष लैजाने प्रतिबद्धता नगरेसम्म आन्दोलन स्थगित नगर्ने जनाएको आजको नागरिक दैनिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved