'बाम चुनावी तालमेलले लोकतन्त्रलाई चुनौती'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 04, 2017 | 04:46:18 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनको संघारमा कम्युनिष्ट पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ । 

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिबीच मंगलबार भएको चुनावी गठबन्धन र पार्टी एकीकरणको पहलको कदमबाट नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा बाधा पर्न सक्ने आशंका व्यक्त गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेसका शीर्ष केन्द्रीय सदस्यहरूको आज बसेको बैठकले कम्युनिष्ट पार्टीहरूबीच भएको एकताको कदमलाई अस्वभाविक रुपमा लिएको नेता विमलेन्द्र निधिले जानकारी दिए । 

कम्युनिष्ट पार्टीहरूबीचको एकताले निर्वाचनलाई असर पर्न सक्ने आशंका व्यक्त गर्दै उनले भने,‘निर्वाचन यही सरकारले गराउँछ । सत्तामा रहेको माओवादी केन्द्रले लिएको कदम ऐतिहासिक रुपमा राजनीतिक भूल हो । यसले माओवादीलाई राजनीतिकरुपमा ठूलो क्षति हुनेछ ।’

आज बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावमा तालमेल गर्न सकिने जानकारी गराएका थिए। बैठकमा प्रधानमन्त्री देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, पूर्णबहादुर खडका, डा। रामशरण महत, डा। मिनेन्द्र रिजाल, महेश आचार्य, ज्ञानेन्द्र बहादुर कार्की, डा। प्रकाशरण महतलगायत उपस्थित थिए।

पछिल्लो राजनीतिक परिस्थितिका बारेमा प्रधानमन्त्री देउवाले आज संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, नेपाल लोकतान्त्रिक फोरमकाका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गरेका नागरिक दैनिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved