न्यायाधीश विदेश भ्रमणमा जान नपाउने !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 06, 2017 | 05:39:05 AM मा प्रकाशित

laxmi  sunrise bank


प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ–आइएनजिओ)ं को निमन्त्रणामा विदेश भ्रमण गर्न नपाउने भएका छन् ।

संसदको विधायन समितिबाट हालै पारित ‘प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्त’ सम्बन्धी विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।

विधेयक शुक्रबारको संसद् बैठकले पारित गर्न लागेको छ । विधेयकको दफा ८ को उपदफा ७ मा यस्तो व्यवस्था गरिएको छ । दफा ७ मा भनिएको छ ‘स्वदेशी वा विदेशी गैरसरकारी संस्थाको निमन्त्रणामा प्रधानन्यायाधीश र न्यायाधीशले विदेश भ्रमण गर्ने छैनन् ।’ आजको नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved