एमाले प्रवेश गरेका डिआइजी सिलवाल अझै प्रहरीका बहालवाला डिआइजी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 07, 2017 | 05:27:58 AM मा प्रकाशित

laxmi  sunrise bank

केपी ओली र प्रचण्डलाई युगपुरुष भन्दै शुक्रबार एमाले प्रवेश गरेका नवराज सिलवाल कानुनतः बहालवाला डिआइजी नै हुन् ।

राजीनामा स्वीकृत नभएसम्म कुनै पनि प्रहरी कर्मचारी पदमै रहेको मानिने नियमावलीको प्रावधान छ । सिलवालको राजीनामा गृह मन्त्रालयले स्वीकृत गर्नुपर्छ, तर राजीनामापत्र हालसम्म प्रहरी मुख्यालयमै छ ।

सिलवालको राजीनामा स्वीकृत नभएको पुष्टि गर्दै प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेले भने, ‘उहाँको राजीनामा स्वीकृत प्रशासनिक प्रक्रियामै छ ।’ सर्वोच्च अदालतबाट तीन साताअघि आफ्नो विपक्षमा फैसला आएलगत्तै उनले राजीनामा दिएका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved