कांग्रेसलाई एमालेले दियो चेतावनी, कांग्रेसका कारण चुनाव नभाँडियोस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 08, 2017 | 04:46:37 AM मा प्रकाशित

laxmi  sunrise bank


चुनावी तालमेलसहित एकता प्रक्रियामा जुटेका एमाले र माओवादी केन्द्रले बामपन्थी गठबन्धनबाट नअत्तालिन र चुनाव प्रभावित हुने गतिविधि नगर्न कांग्रेसलाई चेतावनी दिएका छन् । कांग्रेसले लोकतन्त्र नै खतरामा परेको र मुलुकमा अधिनायकवादी व्यवस्था ल्याउने प्रयासको रुपमा बामपन्थी गठबन्धनप्रति टिप्पणी गरेपछि दुबै दलले उसलाई जवाफ दिएका हुन् । एमाले र माओवादी केन्द्र दुबैको शनिबार बसेको छुट्टाछुट्टै बैठकमा कांग्रेसले गरेको टिप्पणीमाथि समिक्षा भएका थिए । 

गठबन्धन बनाउने सहमतिपछिको अवस्थाबारे समिक्षा गर्न शनिबार एमाले स्थायी समिति र माओवादी केन्द्रको संसदीय दल एवं पोलिट व्यूरोका बैठक  बसेका थिए । 

एमाले बैठकले  कांग्रेसबाट आएको टिप्पणी उत्तेजक र अराजनीतिक खालको भएको भन्दै यही बहानामा चुनाव प्रभावित हुने खालका गतिविधि नगर्न चेतावनी दिएको छ । ‘काग्रेस अत्तालिएको जस्तो गरेर अनुचित टिप्पणी गरिरहेको छ’ बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले भने,‘लोकतन्त्र नै खतरामा पर्‍यो भन्ने ढंगको टिप्पणी गर्नु आपत्तिजनक छ र यही बहानामा चुनावलाई अन्योल पार्ने खालका गतिविधि नहोस् भन्ने हाम्रो बैठकको निष्कर्ष छ ।’ विकास र समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक पर्ने र त्यही बाटोमा जाने प्रयासस्वरुप एकता प्रक्रियामा अघि बढेको उल्लेख गर्दै एमालेले यसलाई अनिष्ठको संकेतको रुपमा टिप्पणी गर्नु हतास मानसिकताको उपज भएको ठहर गरेको खबर कान्तिपुरमा छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved