उम्मेदवार बन्नका लागि कर्मचारीको लर्को

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 08, 2017 | 04:53:11 AM मा प्रकाशित

laxmi  sunrise bank

राजनीति तथा राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन नपाउने निजामती ऐनको स्पष्ट प्रावधानलाई चुनौती दिँदै दर्जनौं कर्मचारी प्रदेशसभा एवं केन्द्रीय संसद्का लागि दलका तर्फबाट समानुपातिकमा धमाधम सिफारिसमा परेका छन् ।

विभिन्न दलबाट दर्जनौं कर्मचारी आसन्न दुवै सभा नर्वाचनका लागि समानुपातिकमा सिफारिसमा परिसकेका छन् भने सिफारिसमा पर्ने क्रम जारी रहेको कर्मचारीसम्बद्ध संगठनले बताएका छन् । ती कर्मचारीले निजामती सेवा ऐनविपरीत राजनीतिमा प्रत्यक्ष रूपमा सहभागी हुने उद्देश्यसाथ आफू निकटको दललाई प्रभावमा पारी समानुपातिकबाट सिफारिस गर्न लगाएका हुन् । कर्मचारीकै रुचि र दबाबमा उनीहरूनिकट दलले धमाधम सिफारिस गर्न थालेको स्रोतले जनाएको छ ।

निजामती सेवा ऐनको आचरणसम्बन्धी महलअन्तर्गत दफा ४४ मा निजामती कर्मचारीले राजनीतिमा भाग लिन नपाइने उल्लेख छ भने सोही ऐनको दफा ४९ मा निजामती कर्मचारीले कुनै पनि राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत माग्न वा कुनै प्रकारको प्रभाव पार्न नहुने उल्लेख छ ।

चौबीसै घन्टा देश र जनताको सेवामा समर्पित हुने शपथ खाएर निजामती सेवामा प्रवेश गरेका कर्मचारी निजामती सेवा ऐनका ती दुवै प्रावधानलाई उल्लंघन गर्दै हाकाहाकी राजनीति गर्दै राजनीतिक दलबाट समानुपातिक कोटामा सिफारिसमा पर्न थालेका हुन् ।

संघीय निजामती सेवा ऐनको प्रस्तावित मस्यौदामा राजनीतिमा भाग लिने कर्मचारीलाई सिधै बर्खास्त गर्न सकिने प्रावधान राखिएको छ । कर्मचारी सिफारिस हुने क्रम हेर्दा विभिन्न राजनीतिक दलबाट समानुपातिकमा सिफारिस हुनेको संख्या सयौं पुग्ने देखिन्छ ।

कर्मचारी समानुपातिकमा परेको सम्बन्धमा सरकारी निकाय भने मौन छ । सरकारी मौनताका कारण कर्मचारी धमाधम सिफारिस पर्ने क्रम बढेको हो ।

केन्द्रीय कर्मचारी निकाय ९सीपीए० को रूपमा रहेको सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा भने कर्मचारीले राजनीतिमा भाग लिने कार्य ऐन र आचरणविपरीत हुने भएकाले त्यस्ता कर्मचारीलाई कारबाहीको दायरामा ल्याइने बताउँछन् ।

ुराजनीतिमा भाग लिन मन भए राजीनामा दिएर जानुपर्छ अन्यथा छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउँछौँु, सचिव सापकोटाले अन्नपूर्णसँग भने ।

निर्वाचनका लागि सबैभन्दा बढी सिफारिसमा पर्नेमा एमालेनिकट कर्मचारी छन् । एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध डेढ दर्जनभन्दा बढी कर्मचारी विभिन्न जिल्लाबाट एमालेको समानुपातिक कोटाका लागि सिफारिसमा परिसकेका छन् ।

आधिकारिक ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष तथा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष भोलानाथ पोख्रेल, संगठनकै वर्तमान अध्यक्ष केदार देवकोटा, निवर्तमान अध्यक्ष मोहनकुमार घिमिरे सिफारिसमा परिसकेका छन् ।

सिफारिसमा परेका पोख्रेल सहकारी विभागमा, देवकोटा अर्थ मन्त्रालयमा र घिमिरे सामान्य प्रशासन मन्त्रालयमा कार्यरत छन् ।

यसैगरी, कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन ९संघ० का कार्यवाहक अध्यक्ष जितबहादुर मडै ९अर्थ मन्त्रालय० तथा कञ्चनपुरका आधिकारिक ट्रेड युनियनका अध्यक्ष गौराजबहादुर लिम्बूलगायत कांगे्रसको सिफारिसमा परेका छन् ।

युनियन स्रोतले सिफारिसमा पर्ने क्रम जारी रहेको र अझै कैयौं कर्मचारी सिफारिसमा पर्ने जनाएको छ।

यसैगरी, मधेसीनिकट कर्मचारी संगठनका अध्यक्ष विनोद सिंह राजपाबाट प्रत्यक्ष तथा समानुपातिकमध्ये एकमा निर्वाचन लड्ने पक्कापक्की रहेको मधेसी कर्मचारी मञ्चले जनाएको छ । सिंह वन तथा भूसंरक्षण मन्त्रालयअन्तर्गत कार्यरत छन् ।

यसैगरी, माओवादीनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका दयाराम बस्याल समानुपातिक सिफारिसमा परेका छन् भने संगठनका पूर्वअध्यक्ष मोहन स्वाँर सिफारिसमा पर्ने क्रममा रहेको संगठन स्रोतले जानकारी दिएको छ ।

नयाँ शक्तिनिकट कर्मचारी संगठनका अध्यक्ष शोभाकान्त नेपाल पनि नयाँ शक्तिबाट समानुपातिक सिफारिसमा परेका छन् । नेपालले भने पदबाट राजीनामा दिइसकेका छन् । सिफारिसमा परेका नेपालबाहेक अन्यले राजीनामा दिएका छैनन् ।

सिफारिसमा परेका नेपाल निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष भोलानाथ पोख्रेलले सिफारिस पर्दैमा राजनीतिमा भाग लिएको भन्न नमिल्ने र बन्दसूचीमा पर्ने स्थितिमा राजीनामा दिने बताए । ुहाम्रो प्रशासनिक विज्ञतालाई कुनै दलले कदर गर्दै राजनीतिमा आउन आमन्त्रण गर्छ भने त्यो हाम्रा लागि खुसीको कुरा हो । जाने नजाने हाम्रो कुरा होु, पोख्रेलले भने ।

यसैगरी, संगठनका पूर्वअध्यक्ष मोहनकुमार घिमिरे र युनियनका कार्यवाहक अध्यक्ष जितबहादुर मडैले पनि राजनीतिक दलले आफूहरूको योगदान र विज्ञतालाई हेरेर सिफारिस गरेको र त्यसको निर्णय गर्ने नगर्ने अधिकार आफूहरूमा सुरक्षित रहेको बताए ।सिफारिसमा परेका कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा सिफारिसमा पर्दैमा राजनीतिमा भाग लिएको भन्न नमिल्ने दाबी गर्छन् ।

उता, कर्मचारीसम्बद्ध आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल र महासचिव सुवोधकुमार देवकोटा भने कर्मचारीहरू दल विशेषको समानुपातिक सूचीमा सिफारिसमा पर्नु निजामती सेवा ऐनको ठाडो उल्लंघन भएको दाबी गर्छन् ।

कर्मचारीले राजनीति गरेको आरोप लागिरहेको अवस्थामा दलको निर्वाचनमा भाग लिन खोजेर कर्मचारीले गम्भीर गल्ती र आचरणविपरीत कार्य गरेको आधिकारिक ट्रेड युनियनका अध्यक्ष ढकालले बताएको अन्नपूर्ण पोष्टमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved