प्रदेश नम्बर २ मा संघीय फोरम र राजपाको सरकार बनाउने यस्तो रणनीति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 08, 2017 | 04:57:29 AM मा प्रकाशित

laxmi  sunrise bank

संघीय समाजवादी फोरम र राजपा दुईदलीय गठबन्धन बनाएर प्रदेश नम्बर २ मा सरकार बनाउने रणनीतिमा लागेका छन् ।

फोरम र राजपा गठबन्धनले सो प्रदेशको प्रत्यक्षतर्फको प्रतिनिधिसभाका ३२ र प्रदेश सभाका ६४ मध्ये बहुमत सिट जित्ने गरी कांग्रेससँग सहकार्य गर्ने नीति लिएका हुन् । सो गठबन्धनभित्रका नेताहरूले कांग्रेससँग तालमेल गर्दा कम्तीमा मधेसका २० जिल्लाका ७८ मध्ये ४५ सिट पाउने गरी गर्नुपर्ने तर्क गरिरहेका छन् ।

 

कांग्रेससँग तालमेल नभएमा मधेसका २० जिल्लाका प्रतिनिधिसभातर्फका ७८ सिटमध्ये फोरम र राजपाले आधा÷आधा सिट लिने तयारी गरेका छन् । तर, अहिलेसम्म औपचारिक सहमति भने भएको छैन । फोरम सचिव रत्नेश्वरलाल कायस्थले स्थानीय तहको मतका आधारमा सिट बाँडफाँड हुने बताए ।

प्रदेश नम्बर २ मा फोरम र राजपाले करिब २५ सिट जित्ने दाबी गरेका छन् । र, प्रदेश सभाको ६४ सिटमा ४० सिट कटाउने लक्ष्य बनाएका छन् । त्यसो गर्दा फोरम र राजपा गठबन्धनको प्रदेश सरकार बन्नेछ ।

राजपा महामन्त्री केशव झाको बुझाइमा कांग्रेस र मधेस केन्द्रित दलको गठबन्धनबीच तालमेल नहँुदा पूर्वपश्चिम राजमार्ग आसपासका क्षेत्रमा एमाले र माओवादी गठबन्धनले जित्ने र भित्री मधेसमा फोरम र राजपाका उम्मेदवारले जित्छन्, त्यो अवस्थामा कांग्रेस प्रदेश २ मा कमजोर बन्नेछ ।

बलियो तेस्रो शक्ति बन्ने 

फोरम र राजपा नेताहरू प्रतिनिधिसभामा बलियो तेस्रो शक्ति बन्नुपर्ने अभियानमा लागेका छन् । एमाले र माओवादी केन्द्रको गठबन्धन पहिलो र कांग्रेस दोस्रो दल बनेको अवस्थामा यो गठबन्धन तेस्रो शक्तिको रूपमा आउने राजपा महामन्त्री मनीष सुमनको भनाइ छ ।

शीर्ष नेता प्रतिनिभिसभातिरै 

राजपाका शीर्ष नेताको नाम जिल्लाबाट सिफारिस हुन थालेको छ । राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतो प्रतिनिधिसभा सदस्यका लागि तीन जिल्लाबाट सिफारिस भएका छन् । महन्थ ठाकुर दुई जिल्लाबाट सिफारिस भएका छन् ।

महतो सर्लाही १ र ४, धनुषा ३ तथा रौतहटबाट सिफारिस भएका छन् । ठाकुर सर्लाही ४ र महोत्तरी ३ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् ।

शरतसिंह भण्डारी महोत्तरी २ बाट, राजकिशोर यादव सिरहा ४, अनिल झा रौतहट १ र लक्ष्मणलाल कर्ण पर्सा ४ बाट सिफारिस भएका छन् । अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवको नाम सिफारिस भएर आइनसकेको महामन्त्री सुमनले जानकारी दिए । नयाँपत्रिकामा खबर  छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved