सरकारले नै ठाउ दिएको थियो आयल निगमका गोपाल खड्कालाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 09, 2017 | 04:49:00 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले आयल निगमका विवादास्पद कार्यकारी निर्देशक गोपाल खड्कालाई तत्कालका लागि पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ । 

न्यायाधिश पुरुषोत्तम भण्डारीको एकल इजलासले खड्कालाई हटाउने मन्त्रिपरिषदको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिदै उनलाई हटाउनुको कारण पेश गर्न सरकारलाई आदेश दिएको हो । 

एकल इजलासको यो आदेशपछि सरकारले महान्यायाधिवक्ता कार्यालय मार्फत खड्कालाई हटाउनुको कारण सहित लिखित जवाफ दिनेछ भने खड्काका लागि अन्तरिम आदेश जारी गर्नेरनगर्ने भन्नेवारेमा संयुक्त इजलासमा छलफल हुनेछ । 

खड्कामाथिको आरोप के थियो ? 

सरकारले आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई गत असोज २ गते पदबाट बर्खास्त गरेको थियो । ससदिय समितीको सिफारिस अनुसार सरकारले खड्कालाई पदच्युत गरेको थियो । निगमले पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको ठहर सहित समितीहरुले निर्देशन दिएको आजको कान्तिपुरमा खबर छ । 

निगमले ९० दिनलाई पुग्ने इन्धन भण्डारण भन्दै भैरहवा, झापा, चितवन र सलार्हीमा जग्गा खरिद गरेको छ । निगमले भैरहवामा १४ बिघा ७ कट्ठा ७।१ धुर जग्गा खरिद गरेको छ । उसले प्रतिकट्ठा १० लाख ९३ हजार रुपैयाका दरले खरिद गरेको हो ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved