गौचनसंग दलीय संरक्षणमा हुर्किएका गुन्डाले पैसा मागेका थिए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 10, 2017 | 04:37:01 AM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीमा दिनदहाडै गोली प्रहार गरी निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको छ । गौचनको सोमबार दिउँसो करिब तीन बजे शान्तिनगर, खरिबोट नजिकै हत्या भएको हो ।

घरबाट निस्किएको एक मिनेट पनि नहुँदै उनी चढेको गाडी रोकेर ५७ वर्षीय गौचनमाथि दुई राउन्ड गोली प्रहार भएको थियो । मरणासन्न भएका गौचनलाई तत्कालै पाँच सय मिटर नजिकै रहेको सिभिल अस्पताल पुर्‍याइए पनि बाटोमै निधन भएको उपचारमा संलग्न चिकित्सकले बताएका थिए । बा।१३च ४९४८ नम्बरको ल्यान्ड क्रुजर गाडीमा गौचनबाहेक उनका चालक रामकुमार खत्री थिए । गौचन गाडीको अघिल्लो भागमा थिए । गौचनका एक छोरा र दुई छोरी छन्।

 

गोली लागेपछि गौचनलाई उनी चढेको गाडीबाट निकाल्नै मुस्किल परेको थियो । व्यस्त सडकमा गोली हानेपछि जम्मा भएको भीडलाई छिचोलेर उनलाई नजिकै रहेको सिभिल अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउन पनि समय लागेको थियो । अस्पतालका चिकित्सक विमल थापाका अनुसार तत्कालै आवश्यक सबै चिकित्सक जम्मा भएर जाँच सुरु गरे ।

जाँचका क्रममा चिकित्सकले गौचनको बाटोमै मृत्यु भएको पाए । तैपनि, उनीहरूले ुसीपीआरु लाई निरन्तरता दिए । ुगौचनमाथि तीन वटा गोली प्रहार गरेको पाइएको छ । गौचनको मुटुको बीचमै गोली लागेको थियो । गोलीले कलेजो रहेको भाग पनि क्षतविक्षत पारेको थियो । अर्को गोली कलेजोको माथिल्लो भागमा हानिएको छ,ु डा। थापाले भने, ुउनको मृत्यु बाटोमै भएको थियो । गोलीले पुर्‍याएको क्षति हेर्दा उनको घटनास्थलमै मृत्यु भएको समेत देखिन्छ ।ु

चिकित्सकले गौचनलाई मृत घोषणा गर्नासाथ जम्मा भएको भीडले अस्पतालभित्रै नाराबाजी सुरु गरेको थियो । डा। थापाले पोस्ट्मार्टमका लागि गौचनलाई महाराजगन्जस्थित त्रिवी शिक्षण अस्पताल लगिने बताए ।

गोली प्रहार योजनाबद्ध

शान्तिनगर गेटबाट करिब तीन सय मिटरभित्र गोली प्रहार भएको थियो । खरिबोटको नजिकै प्रयागमार्गमा पर्ने एउटा चोकबाट भित्र जाने सानो बाटोको सय मिटर दूरीमा गौचनको घर छ । चोकको मूलबाटोमा गाडी उक्लने बेलामा आक्रमण भएको थियो । प्रत्यक्षदर्शीका अनुसार सुरुमा एक जनाले चालकको अगाडि भागमा ढुंगा प्रहार गरी त्यहाँबाट भाग्यो । ढुंगाले लागेपछि गाडी रोकियो र त्यसपछि गौचन बसेको ठाउँको अघिल्लो भागबाट अर्का आक्रमणकारीले गोली प्रहार गरी भागेको थियो । दुवै आक्रमणकारी एउटै दिशामा भागेको प्रत्यक्षदर्शीले बताए ।

ुगाडीमा ढुंगाले हानेको सुन्नेबित्तिकै गाडीतर्फ हेर्दा ती आक्रमणकारी भागिरहेका थिए । लगत्तै गाडीको अर्को भागबाट गोली प्रहार भइरहेको देखियो । दुवै आक्रमणकारीले मुखमा मास्क लगाएका थिए । पछि बुझ्दा केही पर अर्का एक जना बाइक रोकेर बसेको थाहा पायौुं, घटनास्थलमा भेटिएका एक प्रत्यक्षदर्शीले भने । काठमाडौं प्रहरी परिसरका एक अधिकारीले घटनाको प्रकृति हेर्दा योजनाबद्ध रहेको बताए । ुघटनाका लागि छनोट गरिएको स्थल, गाडी रोक्ने र गोली प्रहार गर्ने कला र भाग्ने शैली हेर्दा योजनाबद्ध देखिन्छु, ती प्रहरी अधिकारीले भने । महनगरीय प्रहरी अपराध महाशाखाको टोलीले गौचनका चालक खत्रीलाई नियन्त्रणमा लिएको छ ।

गृहमन्त्रीको राजीनामा माग

गौचनको मृत्यु भएपछि व्यवसायीले सिभिल अस्पतालअगाडि साँझ नारा जुलुस निकालेका थिए । व्यवसायीको विरोध प्रदर्शनले बानेश्वर(तीनकुने सडकखण्ड दुई घन्टाभन्दा बढी समय अवरुद्ध भएको थियो । काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी रवीन्द्र धानुकले त्यहाँ पुगेर गौचन हत्यामा संलग्न भएको आशंकामा तीन जना पक्राउ परेको र घटनाको जरैसम्म पुगेर अनुसन्धान हुने बताएपछि भीडलाई एक साइड लगाएर प्रहरीले बाटो सुचारु गरेको थियो । यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच ठेलमठेलसमेत भएको थियो । प्रहरीले बल प्रयोग गरेको भन्दै व्यवसायीले ढुंगासमेत प्रहार गरेका थिए ।

आफ्नो नजिकै ठूलो ढुंगा झरेपछि एसएसपी धानुक त्यहाँबाट बाहिरिएका थिए । प्रदर्शनकारीले हत्यारालाई सार्वजनिक गर्नुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्ने र व्यवसायीको शान्ति सुरक्षा हुनुपर्नेलगायत नारा लगाएका थिए । धानुकले तीन जना मान्छे, एउटा पेस्तोल र तीन राउन्ड गोली बरामद भएको बताए पनि स्रोतका अनुसार उनीहरूको गौचन हत्याकाण्डमा कुनै संलग्नता छैन ।

ुगौचनमाथि गोली प्रहार हुनुअघि नै उनीहरूलाई मनमैजुबाट पक्राउ गरिएको हो । महाशाखाको एक टोली उनीहरूलाई पक्राउ गर्न बिहानैदेखि लागिपरेको थियोु, महानगरीय प्रहरी अपराध महाशाखाका एक प्रहरीले भने । काठमाडौं प्रहरी परिसरले काभ्रेपलाञ्चोकको रोसी गाउँपालिकाका छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप लामा मनमैजुबाट एउटा घरेलु पेस्तोल र त्यसमा प्रयोग हुने तीन राउन्ड गोलीसहित पक्राउ परेको जनाएको छ । उनीहरूलाई महाशाखाको टोलीले पक्राउ गरेको हो ।

गोलीकाण्डको शृंखला राजधानीमा अन्तिम पटक चैत अन्तिम साता भएको थियो । गुन्डा नाइके दावा लामामाथि बिहान नौ बजेको समयमा नयाँबस्ती, गौरीघाट क्षेत्रमा गोली प्रहार भएको थियो । दावाको पेटमा गोली लागे पनि उनको ज्यान बचेको थियो । सीसीटीभी फुटेजमै दावामाथि गोली प्रहार भइरहेको देखिए पनि आक्रमणकारी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।

सात वर्षअघि सञ्चार उद्यमी जमिम शाहको साँझ लाजिम्पाटमा गाडीमा हिँडिरहेका बेला गोली प्रहार गरी हत्या भएको थियो । सन् २०११ को सेप्टेम्बरमा इस्लामिक संघ नेपालका तत्कालीन महासचिव फैजन अहमदको दिउँसै घन्टाघर क्षेत्रमा गोली हानी हत्या भएको थियो । सोही वर्ष न्युरोडमा व्यापारी चाचनको दिउँसै गोली हानी हत्या भएको थियो । सन् पाँच वर्षअघि सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको बंगलामुखी मन्दिर दर्शन गरी फर्कने क्रममा शंखमूल क्षेत्रमा गोली प्रहार गरी हत्या भएको थियो ।

अनुसन्धान समिति गठन

प्रहरीले गौचन हत्याको अनुसन्धान गर्न विशेष समिति गठन गरेको छ । वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० शेरबहादुर बस्नेतको संयोजकत्वमा गठित समितिमा डीएसपी अजय केसी, अंगुर जिसी र इन्स्पेक्टर दीपेन्द्र अधिकारी सदस्य छन् । प्रहरी प्रवक्ता मनोज नेउपानेले घटनाको विशेष अनुसन्धानका लागि समिति गठन गरिएको जानकारी दिए । ुमहाशाखा, सीआईबी तथा लोकल युनिटले आफ्नोतर्फबाट गर्नुपर्ने अनुसन्धान त गरिरहेकै हुन्छन् । तर, यो समिति प्रयोजन विशेष अनुसन्धानका लागि होु, डीआईजी नेउपानेले भने ।

गौचन एक वर्षदेखि सुरक्षा थ्रेट मा 

एक वर्षअघि महानगरीय प्रहरी अपराध महाशाखामा पुग्दा शरदकुमार गौचन ठेक्कापट्टामा गुन्डागर्दीको प्रयोग हुनेबारे चिन्तित देखिन्थे । ठेक्कामा दलीय संरक्षणमा हुर्किएका गुन्डाले भाग ९पैसा० मागेर हैरान गर्ने गरेको गुनासो गर्थे गौचन । ठेक्कापट्टा गर्नेहरूबीच प्रभुत्व जमाउन खोज्नेले आफूलाई दुःख दिने गरेको गुनासो गौचनको थियो ।

त्यतिबेलै प्रहरीले सहजै अनुमान लगाएको थियो, गौचन ठेक्कामा लाग्ने गुन्डा समूहबाट ुथ्रेटु मा थिए । उनी त्यसपछि प्रहरीमा अक्सर पुगेनन् । काठमाडौं जिल्ला अदालतको नयाँ भवन र राष्ट्रिय नाचघर गौचन संस्थापक रहेको डाँफे कन्स्ट्रक्सनले निर्माण गरेको थियो । करोडौं कारोबार गर्दै आएका गौचनसँग ठेक्कापट्टाकै एउटा समूहले ठूलै आर्थिक ुडिलु गरेको र नदिएपछि हत्या गरेको आशंका प्रहरीको छ ।

व्यस्त सडकमा दिनदहाडै गोली प्रहार गरी हत्या गरिएका गौचनको पारिवारिक पृष्ठभूमि केलाउन प्रहरीले सुरु गरेको छ । गौचनको योजनाबद्ध ढंगले हत्या गरिएको दाबीसहित प्रहरीले उनले प्रयोग गर्ने फोनको कलडिटेलमाथि समेत अनुसन्धान गर्ने भएको छ । ुगौचन सवार गाडी, अगाडिको सिटमै बसेको जानकारी लिन आपराधिक समूहले गौचनको लामो समयदेखि रेकी गरेर योजनाबद्ध ढंगले गोली प्रहार गरेको देखिन्छ,ु अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ुपारिवारिक स्रोतले जानकारी दिएअनुसार गौचन केही दिनदेखि तनावमा देखिन्थे ।ु

महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार ुसार्पसुटरु प्रयोग गरेर गौचनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी उच्च स्रोतका अनुसार एमाले भ्रातृसंगठन युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रुपन्देही देवदहकै मनोज पुन समूहको संलग्नताबारे प्रहरी अनुसन्धान तीव्र बनेको छ ।

एक उच्च प्रहरी अधिकृतले भने, ुकेही दिनदेखि पुनकै समूहले गौचनलाई धम्क्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, प्रहरी अनुसन्धान त्यतै मोडिएको छ ।ु पुन अहिले भारतमा छन् । नेपाल प्रहरीको टोली दुई पटक भारत पुग्दा पनि उनलाई पक्राउ गर्न नसकेपछि फिर्ता भएको थियो । भारतमा बसेर नेपालमा रहेका ठूला व्यापारीसँग पुनले चन्दा असुली गर्दै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved