व्यवसायी गौचन हत्याको अनुसन्धान : रातारात छानविन समितिका संयोजक परिवर्तन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 11, 2017 | 05:30:34 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार दिउँसो राजधानीको नयाँ बानेश्वरमा अज्ञात समूहको गोली प्रहारबाट हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्या घटनाको छानबिनका लागि बनेको समितिका संयोजक दुई दिनमै परिवर्तन भएका छन्। सोमबार नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० शेरबहादुर बस्नेतको संयोजकत्वमा डीएसपी अजय केसी, अंगुर जिसी र इन्स्पेक्टर दीपेन्द्र अधिकारी सदस्य भएको समिति बनेको थियो।

प्रहरीले छानबिन समितिको विस्तार भन्दै मंगलबार शेरबहादुर बस्नेतलाई संयोजकबाट हटाएर डीआईजी गणेश केसीको संयोजकत्वमा नयाँ समिति बनाएको छ। हिजो संयोजक बनेका बस्नेतलाई सदस्य बनाइएको छ भने तीन सदस्यमा अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीको नाम थप गरिएको छ। 

घटनाको विशेष अनुसन्धानका लागि गठित समितिको संयोजक दुई दिनमै परिवर्तन गरिएको हो। नेपाल प्रहरीको महानगरीय महाशाखा, सीआईबी तथा लोकल युनिटले आफ्नोतर्फबाट गर्नुपर्ने अनुसन्धान सँगै यो समितिले विशेष अनुसन्धान गर्ने बताइएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved