१० निर्माण व्यवसायीलाई हतियार सहितको प्रहरी सुरक्षा गार्ड, सुरक्षा पाउनेमा को को छन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 12, 2017 | 04:38:39 AM मा प्रकाशित

laxmi  sunrise bank

गृह मन्त्रालयले उपत्यकास्थित १० निर्माण व्यवसायीको सुरक्षामा हतियारसहितका अंगरक्षक खटाउने निर्णय गरेको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि गृहले काठमाडौंका ८ र ललितपुर र भक्तपुरका १÷१ व्यवसायीको सुरक्षामा प्रहरी खटाएको हो । यसरी सुरक्षा पाउनेमा जीपछिरिङ लामा, सकुन्तलाल हिराचन, कृष्णप्रसाद गौतम, रामप्रसाद देउजा, रोशन दाहाल, रामजी पन्त (मुकेश) र सूर्यबहादुर खड्कादगायत रहेका कारोबारमा खबर छ ।  

सुरक्षा चुनौती र आवश्यकता हेरेर व्यवसायीको सुरक्षामा अंगरक्षक परिचालन गरिएको काठमाडौं प्रहरी प्रवक्ता रामदत्त जोशीले बताए । अंगरक्षकबाहेक व्यवसायीहरू आवतजावत गर्ने स्थानहरूको निगरानीमा पनि सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरिएको छ । मंगलबार अपरान्ह जिल्ला सुरक्षा समितिको बैठक बसी काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशमसन कार्यालयले ३ वटै जिल्ला प्रहरी कार्यालयलाई व्यवसायीको सुरक्षाका लागि अंगरक्षक खटाउन निर्देशन दिएको हो । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्षद्धये सुरक्षामा अंगरक्षक खटाइएको हो । यसैगरी ललितपुरको सानेपा र भक्तपुरको राधेराधे बस्ने २ व्यवसायीका लागि दुवै जिल्ला प्रहरी कार्यालयबाट एक÷एक जना प्हरी अंगरक्षकको रूपमा खटिएका छन् । महानगरीय प्रहरी प्रवक्ता एसएसपी पूर्णचन्द्र जोशीले आवश्यकता र चुनौतीका आधारमा माग भई आए अन्य व्यवसायीको सुरक्षाम पनि प्रहरी खटिने बताए ।

मंगलबार नै निर्माण व्यवसायीहरूले सुरक्षा प्रत्याभूति र गौचनका हत्यारा पत्ता लगाउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा र प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई भेटेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved